आर्थिक 📈

यसाे गर्दा अर्थतन्त्रमा ४० प्रतिशत सुधार आउन सक्छ-वराल

काठमाडौं, ६ चैत्र । देशकाे अर्थतन्त्र अत्यन्त अफ्टेरो स्थितिमा रहेकाे छ । यसका सुधारका लागि केही प्रयास अवस्य गर्न सकिन्छ । वित्तीय क्षेत्रका गतिविधिहरुमा विषेश चासाे राख्ने तथा एमाले कास्कीका उपाध्यक्ष भेषराज वरालले ९ बुँदे सुझाब दिएका छन् । वरालले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पाैडेल र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा डा बाबुराम भट्टराइलाई ईंगित गर्दै अर्थतन्त्र सुधारका बुँदाहरु पेश गरेका हुन् । यसाे गर्दा अर्थतन्त्रमा… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख ७६ हजार, चाँदीमा गिरावट

काठमाडौं, ६ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ ८ सयले बढेको जनाएको छ । चाँदीमा भने रुपैयाँ ५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ७६ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि छापावाल मंगलबार छापावाल सुन तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर… पुरा पढौ

यस्तो छ आजको तरकारी र फलफूलको भाउ

काठमाडौं, ६ चैत । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल)… पुरा पढौ

यस्तो छ आज निर्धारण भएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५… पुरा पढौ

चैत ७ देखि १८ गतेसम्म जेसिआई नेपाल बिजनेश एक्सपो हुँदै

काठमाडौं, ५ चैत । नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्स्पोमा जेसिसका देशभर रहेका एक सय ४८ शाखामा आवद्ध उद्यमीको सहभागिता रहने र दुई सय ५० भन्दा बढी स्टलमार्फत प्रतिनिधिले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिए। मेलाले विभिन्न स्थानका उद्यमीबीच अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने… पुरा पढौ

चालु आवमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड

काठमाडौं, ५ चैत । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । मन्त्रालयका निम्ति रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो। विनियोजित रकममध्ये चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको… पुरा पढौ

दाङमा ७ महिनामा रु एक अर्ब ४२ करोड राजस्व सङ्कलन

दाङ, ५ चैत । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४२ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु २५ करोड ८२ लाख ८१ हजार बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व सङ्कलन वृद्धि गरेको राजस्व कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिए। चालु आवको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरिएको उनको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७… पुरा पढौ

नेप्से ७.६६ अंकले घट्याे, कारोबार ४ अर्ब ३४ करोडमा सिमित

काठमाडौं, ५ चैत्र । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर घटेको छ । नेपाल स्टक एक्सचेनजका अनुसार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेर ४५२.८९ विन्दुमा झरेको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

रु ४९ करोड बढी राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खनन् र बिक्री वितरणमा रोक

कास्की, ५ चैत । माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने रु ४९ करोडभन्दा बढी राजस्व नबुझाएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो । यहाँका फेउसरका बराह क्रसर उद्योगले रु २० करोड ५६ लाख ६२ हजार, गण्डकी एग्रोगेटले रु १३ करोड ३९ लाख ७० हजार, जेके क्रसर उद्योगले रु चार करोड १२ लाख ३६ हजार र सेती गण्डकी क्रसर उद्योगले… पुरा पढौ

सुन ताेलाको १ लाख ७५ हजार २ सय, चाँदी पनि बढ्यो

काठमाडौं, ५ चैत्र । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको जानकारी दिएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा रुपैयाँ १० ले बढेर… पुरा पढौ