आर्थिक 📈

अर्थद्वारा आगामी बजेटबारे दुई मन्त्रालयसँग छलफल

काठमाडौं, २३ फागुन । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा… पुरा पढौ

‘निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन सक्दैन’

भैरहवा (रुपन्देही), २३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताएका छन् । आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६६औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै सबै मिलेर मुलुक निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिए। रुपन्देहीमा देखिएको ट्रङ्क लाइन र डेडिकेटेड फिडर लाइनको समस्याबारे कुरा गर्दै मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार… पुरा पढौ

नेपाल माइक्रो इन्स्याेरेन्सको आइपीओ बाँडफाँड, कतिले पाए ?

काठमाडौं, २३ फागुन । नेपाल माइक्रो इन्स्याेरेन्सको आइपीओ आज बाँडफाँड गरिएकाे छ । गोलाप्रथाद्वारा गरिएकाे बाँडफाँडबाट १ लाख ८४ हजार ५०० जनाले शेयर हात पारेका छन् ।  शेयरकाे बिक्री प्रबन्धक रहेकाे एनआइएमबी एस क्यापिटलले बताए अनुसार शेयरमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।  कम्पनीले कुल आवेदनमा १० हजार ३८६ जनाको आवेदन रद्द भएको जनाएकाे छ । बाँकी रहेका १ लाख ८४ हजार ५०० जनाले सेयर… पुरा पढौ

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोकाे शेयरमूल्य समायोजन

काठमाडौं, २३ फागुन । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ।कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे । कम्पनीको ४ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । शेयर समायोजन भएपछि कम्पनीको शेयरमूल्य ६८१ रुपैयाँ ७३ पैसा रहेकाे छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हो। बिहीबार कमपनी शेयर प्रतिकित्ता ७०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब नयाँ कायम भएकाे… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा… पुरा पढौ

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा मनराज

धरान (सुनसरी) २३ फागुन । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउछन् । इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किए। उनले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउछन्। आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने, “विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी… पुरा पढौ

एन आई सी एशिया बैंकको २७ औं साधारण सभा सम्पन्न, ५ अर्बकाे अग्राधिकार शेयर जारी गर्ने

काठमाडाैं, २२ फागुन । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हाे । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमा छलफल गरी स्वीकृत गरेकाे छ । यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव पारित गरिएकाे छ ।  सञ्चालक समितिले… पुरा पढौ

सङ्घीय महत्वका आयोजनामा विशेष ध्यान दिन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं, २२ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन्। उनले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको… पुरा पढौ

नेप्सेमा २.७० अंकको गिरावट, १० अर्ब १० करोडको कारोबार

काठमाडाै‌, २२ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली शेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.०३ अंकले बढेर ४७०.६० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ९० लाख… पुरा पढौ

दोस्रो संस्करणको नेपाल विजनेस समिट काठमाडौंमा हुँदै

काठमाडौं, २२ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ । दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो । समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी,… पुरा पढौ