आर्थिक 📈

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्। मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाए । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु पाँच लाख पु¥याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन्। प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु पाँच लाखसम्म… पुरा पढौ

सुनमा रु १४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, १६ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १४ सय तथा चाँँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३० ले बढेर… पुरा पढौ

यस्तो छ तरकारी र फलफूलको आजको भाउ

काठमाडौं, १६ माघ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, आलु रातो प्रतिकेजीरु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ५०, गाजर (तराई)… पुरा पढौ

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण

गण्डकी, १६ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् । यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियोभने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आइटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने,… पुरा पढौ

अमेरिकी डलरकाे भाउ बढ्यो, यूराे घट्याे

काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ… पुरा पढौ

नेप्से २४.५० अंकले बढ्याे, ९ अर्ब ४० करोडको कारोबार

काठमाडौं, १५ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । केहि दिनको करेक्सनपछि नेप्से उकालो लागेकोमा लगानीकर्ताहरु उत्साहि भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ३.१९ अंकले बढेर ४४४.७२ विन्दुमा रहेको छ । यसदिन सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३२५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ९६ लाख ८०… पुरा पढौ

सुनमा रु ९ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सयले घटेको जानकारी गराएकाे छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले घटेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेका छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५… पुरा पढौ

१० अर्ब आन्तरिक ऋण उठाउदै सरकार, आजै बोलकबोल

काठमाडौं, १५ माघ । सरकारले आज माघ १५ गते थप १० अर्ब आन्तरिक ऋण उठाउन लागेकाे छ । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत साे ऋण उठाउन लागेकाे हाे । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार १० वर्षे अवधिरहेकाे विकास ऋणपत्र २०९१ को लागि बोलकबोल गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागिएकाे हो । ऋणपत्रमा आज विहान १० बजेदेखि दिउँसाे २ बजेसम्म बोलकबोल हुँदैछ । जसकाे माघ १८ गते निस्काशन हुनेछ।  सरकारले गत माघ ११ गते ८ वर्षे अवधिको विकास ऋणपत्र २०९०… पुरा पढौ

क्रेष्ट माइक्रो लाइफकाे आइपीओ आजदेखि खुला

काठमाडौं, १५ माघ । क्रेष्ट माइक्रो लाइफ इन्स्याेरेन्सले माघ १५ गते आजदेखि आइपीओ खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ जारी गरेकाे हाे । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न सेबाेनबाट अनुमति लिएकाे थियाे । यसमा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूकाे लागि रहेकाे छ । वैदेशिक रोजगारमा गएका नेपालीहरूले माघ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन… पुरा पढौ

सुन्तला बेचेर पदमबहादुरले गरे २० लाख आम्दानी

म्याग्दी, १५ माघ । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । “गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री… पुरा पढौ