आर्थिक 📈

नेपाल माइक्रो इन्स्योरेन्सकाे माघ ८ गतेदेखि आईपीओ आउँदै

काठमाडौं, २८ पुस । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेकाे हाे । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। त्यसमा २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि जारी गर्न लागि हो। कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका… पुरा पढौ

राष्ट्र बैंकले आज रुपैयाँ ४० अर्ब खिच्दै

काठमाडौं, २८ पुस । राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट तरलता खिच्न कार्य जारी राखेकाे । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार रुपैयाँ ४० अर्ब रुपैयाँ खिच्न लागेकाे हाे । केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरण जारी गरेर २१ दिनका लागि रुपैयाँ ४० अर्ब खिच्न लागिएकाे हाे । बैंकहरुमा अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेकाेले निक्षेप संकलन उपकरण जारी गरेर तरलता खिच्न लागिएकाे जनाइएकाे छ । राष्ट्र बैंकले निक्षेप राख्न चाहने बैंकहरुले आज दिउँसाे २ बजेसम्ममा आवेदन दिन पाउने जानकारी गराएकाे छ… पुरा पढौ

रु ७५ करोडका ‘मध्य दरमखोला ए’ हाइड्रोपावर निर्माण हुँदै

ढोरपाटन (बागलुङ), २८ पुस । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ । विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिए। अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको… पुरा पढौ

सुनमा रु १६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २८ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनतोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा तोलामा रुपैयाँ १५ ले बढेर तोलाको… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा, स्वीस… पुरा पढौ

नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडाैं, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने बताएका छन्।  नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ) ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उनले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताए। उनले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्ने  समेत बताए। “अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ… पुरा पढौ

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिने-प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताए । “हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ”, उनले… पुरा पढौ

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६… पुरा पढौ

चालु आबको पाँच महिनामा भित्रियो साढे ६ खर्ब विप्रेषण

काठमाडौं, २७ पुस । चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले… पुरा पढौ

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्यकाे कति ?

काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, अधिकांश विदेशी मुद्राको भाउमा आज वृद्धि भएको छ । विनिमयदर अनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी… पुरा पढौ