आर्थिक 📈

महुली लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आज आजदेखि आवेदन खुल्ला भएकाे छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ खुलाएकाे हाे । यसका लागि लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  आवेदन दिने मिति पुस ९ गतेसम्म ताेकिएकाे छ । सो मितिसम्म पूरा आवेदन नपरेमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्तले घटपीमा १० तथा बढीमा १ हजार कित्ताका… पुरा पढौ

प्रथम चौमासिकमा १२४ अर्बको सामग्री आयात, १२ अर्ब बढी राजस्व संकलन

रसुवा, ५ पुस । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् । स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद… पुरा पढौ

अमेरिकी डलरले रेकर्ड बनाउदै, युरो र पाउण्ड घट्याे

काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको… पुरा पढौ

महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच उत्पादन प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं, ५ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्थाका रूपमा स्थापित छ… पुरा पढौ

विशेष कार्यक्रमसहित इप्पानले रजत महोत्सव मनाउने

काठमाडौं, ५ पुस । मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव मनाउने भएको छ । इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत महोत्सव , २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा… पुरा पढौ

नेप्सेमा ३१.२४ अंकको गिरावट, पौने ५ अर्बको कारोबार

काठमाडौं, ४ पुस । साताको शेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली शेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.१९ प्रतिशतले बृृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३१० कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ । उनीहरुको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ७६ करोड २ लाख… पुरा पढौ

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौतामा हस्ताक्षर

काठमाडौं, ४ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उहाँले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार… पुरा पढौ

सुनमा रु १७ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, ४ पुस । दिनदिनै सुनचाँदीकाे भाउ घटिरहेकाे छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १७ सय तथा चाँदीमा रुपैयाँ ५२ ले घटेको जनाएको छ । छापावाल सुन तोलामा १७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन… पुरा पढौ

निफ्रा र साेल्टी हाेटलकाे साधारण सभा आज

काठमाडौं, ४ पुस । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सोल्टी होटलको साधारण सभा बसेकाे छ । यसपटक सभामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) काे लाभांशकाे प्रस्ताव छैन । साेल्टी हाेटलकाे सभामा भने लाभांशकाे प्रस्ताव रहेकाे छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सभामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा कार्की ब्यांक्वेट, बबरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु भएकाे छ । सभामा लाभांशकाे प्रस्ताव छैन । सभाबाट आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएकाे… पुरा पढौ

यी दुई कम्पनीको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, ४ पुस । आज दुईवटा कम्पनी, नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ। दुबै कम्पनीले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि पुस ७ गते बुकक्लोज गर्ने बताएका छन्। लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि लगानीकर्ताहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंककाे ३१ औँ साधारण सभा पुस २१ गते बाेलाइएकाे छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा पूर्वान्ह… पुरा पढौ