आर्थिक 📈

एक महिनापछि नेप्सेमा उछाल, २ अर्ब बढीको कारोबार

काठमाडौं, १० मंसिर । एक महिनापछि नेपाल स्टक एक्सचेन्जमा उछाल आएकाे छ । नेप्से परिसूचक १९०० विन्दुभन्दा माथि उक्लिएकाे छ। गएकाे कात्तिक २ गते नेप्से १९०० विन्दु माथि गएर बन्द भएको थियाे । त्यसपछि आज नेप्से १९०० विन्दुभन्दा माथि उक्लिएकाे हाे । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि अंकले बृद्धि भएर सेयर बजारमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुको मनोबल बढेको छ । सरकारले पनि यहि समयमा सरकारी अर्थसरोकार राख्ने निकालय तथा नियमन निकायका अधिकारीहरु र नीजि… पुरा पढौ

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

दमौली (तनहुँ), १० मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्। कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन् । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए । सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन्। उनले भने, “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली… पुरा पढौ

सुन ताेलाकाे १ लाख १७ हजार नजिक, चाँदीमा पनि बृद्धि

काठमाडौं, १० मंसिर । आज आईतबार सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १६ हजार ९ सयमा कारोबार भईरहेको छ यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार… पुरा पढौ

अमेरिकी डलर, यूरोसहित अन्य देशकाे मुद्राको भाउ स्थिर

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रिदर १३३ रुपैयाँ ७०… पुरा पढौ

कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक

कर्णाली, १० मङसिर । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा तथ्याङ्क सङ्कलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो । मन्त्रालयका सचिव डा नरहरि घिमिरेले प्रदेशभित्रका कृषि र पशुपक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको बताए। “हामीले जिल्लाका सुरक्षा निकाय… पुरा पढौ

नेपाल वेयरहाउजिङ्गकाे आईपीओ आजदेखि खुल्ला

काठमाडौं, १० मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गते आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारि गरि बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर खुलाउने स्वीकृति लिएकाे थियाे । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि… पुरा पढौ

तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो

काभ्रेपलाञ्चोक, १० मङ्सिर । गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ । तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि… पुरा पढौ

साताको शेयर बजार : ८ अङ्कको सुधार

काठमाडौं, ९ मङ्सिर । तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ । यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक एक दशमलव ३९… पुरा पढौ

अलैंचीकाे दाना बिक्रीबाट किसानलाई २४ करोड आम्दानी

लमजुङ, ९ मङ्सिर । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए। यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका… पुरा पढौ

गण्डकीमा पाँच सय हेक्टर जमिनमा सुन्तला खेती विस्तार

पाेखरा, ९ मङ्सिर । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले फल दिने सुन्तलाका बोट पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको जानकारी दिए। “सुन्तला खेतीको क्षेत्रफल बर्सेनि विस्तार भइरहेको छ… पुरा पढौ