आर्थिक 📈

व्यवसायीलाई पलायन हुनबाट रोक्ने पोउवा संघले नै हो : कार्की

पोखरा, २८ भदौ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समयमा व्यवसायीहरुको व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न पहल गर्नुपर्ने बताएका छन् । पोउवा संघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी पलायन हुँदा सटरहरु खाली हुँदै गइरहेको र यसको समाधान संघले गर्न सक्ने बताए । संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका कार्कीले संघ सधैं उद्योगी र व्यवसायीको अधिकारका लागि अघि बढिरहेको संस्था रहेको र यसको गरिमा घट्दै गएको कारण त्यसको… पुरा पढौ

१० प्रतिशत नाफा नदिएपछि गण्डकीमा सामसुङका मोबाइल विक्रि बन्द

पाेखरा, २८ भदाै । गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष उदय बहादुर केसी (लाहुरे दाई) ले सामसुङले कम मार्जिन दिएका कारण आफुहरुले विरोध स्वरुप मोबाइल विक्रिमा बन्द गरेको बताए । ‘हाम्रो माग १० प्रतिशत सम्म मुनाफा दिनुपर्छ भन्ने छ । सुदुरपश्चिममा भएको सामसुङ मिटमा हामी सामसुङ व्यवसायीहरुले माग… पुरा पढौ

खनिज पदार्थ उत्खननमा सहकार्य गर्न जाम्बिया सरकार तयार

काठमाडौं, २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराए । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै… पुरा पढौ

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

मनिला, २८ भदौ । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ । परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ५६ हजार ३ सय

काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ हजारले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ६५ ले बढेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ ३ हजारले बढेर तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ६५… पुरा पढौ

एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य समायोजन

काठमाडौं, २८ भदौ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य आज नेप्सेमा समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लाभांश वितरणकाे प्रयोजनका लागि फण्डले बुकक्लोज गरेपछि नेप्सेले इकाईमूल्य समायोजन गरेर नयाँ मूल्य ताेकेकाे छ । नेप्सेका अनुसार फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन भएकाे छ । समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएकाे छ। साे मूलय नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको जनाएकाे छ । बिहीबार फण्डको इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार… पुरा पढौ

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट (बागलुङ), २८ भदौ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए। कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी दङ्ग परेका छन् । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उनले बताए।… पुरा पढौ

अमेरिकी डलर र युरोको मूल्य घट्यो, अन्यकाे कति ?

काठमाडौं, २८ भदौ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७… पुरा पढौ

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

पाटन (ललितपुर), २७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन“ मा गभर्नर अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको नेपालको अर्थतन्त्र क्रमशः सुधार हुँदै पछिल्लो दुई वर्षमा निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगति गरेको बताए । “नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको… पुरा पढौ

पूर्वाधार विकासका लागि पुँजीगत खर्च बढाइने : अर्थमन्त्री पौडेल

काठमाडौं, २७ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाै संस्करणमा उनले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाए । “सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक… पुरा पढौ