आर्थिक 📈

पुस्तक बेचेरै २० करोड संकलन गर्ने महावीर पुनकाे घाेषणा

पर्सा, २१ भदौ । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहेका छन् । उनले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहेका छन् । “मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका… पुरा पढौ

सुन तोलाको १ लाख ५३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २१ भदौ । साताको सुनचाँदीको कारोबार हुने छटौं दिन शसक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यससअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ७ सय… पुरा पढौ

चालु आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी, २१ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए। उनले भने, “बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ ।” नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको… पुरा पढौ

दुग्ध किसानको रकम भुक्तानी गर्न ६० करोड स्वीकृत

काठमाडौं, २१ भदौ । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मन्त्री अधिकारीले निरन्तर पहल गरेको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्याे

काठमाडौं, २१ भदौ । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा थियो । त्यसैगरी बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ… पुरा पढौ

नेप्से १२.१० अंकले घट्यो, साढे ९ अर्बको कारोबार

काठमाडौं, २० भदौ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि अन्य दिनहरुको भन्दा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा रहेको छ । नेप्सेमा ०.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३५ अंकले घटेर ४८६.३६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन ३१६ कम्पनीहरुको सेयर कारोबार… पुरा पढौ

आईएमइ र कमर्स प्लेक्सले रेमिटेन्स आदानप्रदानमा साझेदारी गर्ने

काठमाडाैं, २० भदाै। आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सुश्री सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशीकाे उपस्थिति थियाे । कमर्स प्लेक्स Simpaisa होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हाे… पुरा पढौ

आरबिबि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

काठमाडाैं, २० भदाै । आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएकाे छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा यी फण्डहरू सञ्चालित छन् । आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरे हो। दुबै फण्डहरुकाे भदौ ३१ गते बुकक्लोज गरिनेछ । लाभांश पाउनका लागि इकाईधनीहरुले… पुरा पढौ

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, २० भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ बिहिबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार… पुरा पढौ

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), २० भदौ । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०/८१… पुरा पढौ