आर्थिक 📈

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

ढोरपाटन (बागलुङ), ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ । आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं, ३१ असार । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए । “विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ,” अध्यक्ष दाहालले भने। सांस्कृतिक… पुरा पढौ

सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको जानकारी गराएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १… पुरा पढौ

नागरिक लगानी कोषकाे एजिएम आज

काठमाडौं, ३१ असार । लाभांश पारित गर्न नागरिक लगानी कोषको २९ औं साधारण सभा आज डाकिएकाे छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे हाे । कम्पनीले साधारण सभा प्रयोजनार्थ असार २० गते बुक क्लोज गरेकाे थियाे । सभामा सहभागि हुन र लाभांश पाउनका लागि सेयरधनीहरूले असार १९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजनका लागि ०.७३६ प्रतिशत नगद लाभांशसहित १४.७३६… पुरा पढौ

व्यावसायिक केरा खेतीमा रमाएका निर्मलको दैनिकी परिवर्त

मध्यविन्दु (नवलपरासी), ३१ असार । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् । “उमेरमै जागीरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्रिदर १… पुरा पढौ

पोखरा महानगरपालिकाको साढे ७ अर्बकाे बजेट पारित

कास्की, ३१ असार । पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१/८२ को बजेट कार्यक्रम पारित भएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो । महानगरले आगामी आवका लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिइन्। नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो… पुरा पढौ

नयाँ प्रधानमन्त्री नियुक्त हुने दिनमै नेप्सेमा छायो हरियाली, साढे ७ अर्बको कारोबार

काठमाडौं, ३० असार । देशमा नयाँ प्रधानमन्त्री चयन हुने दिनमै साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कुल काराेबार रकम पनि बितेका छ महिनाकै उच्च भएकाे छ। नयाँ सरकारको नयाँ प्रधानमन्त्रीको चयन हुने दिनमै लगानीकरताहरुले मनाेबैज्ञानिक रुपमा स्वागत गरेकाे हरियाली दृश्यले सकरात्मक उर्जा थपेकाे छ । अर्को कुरा नयाँ गठबन्धनको सरकारका अर्थमन्त्रीमा विष्णु पौडेलको अनौपचारिक चर्चा हुन थालेपछि अर्थ बजारले रुचाएका पौडेल अर्थमन्त्रालय सम्हाल्न आउने अपेक्षामा पनि लगानीकर्ता रहेका छन् । यसका… पुरा पढौ

ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेख्य प्रगति भएको छ : मन्त्री बस्नेत

काठमाडौं, ३० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए । मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे। नेपालको विकास प्रक्रियालाई गति दिने… पुरा पढौ

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

कास्की, ३० असार । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी, बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी, बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ… पुरा पढौ