आर्थिक 📈

धितोपत्र ब्रोकर्श एशोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई ज्ञापन

काठमाडाैं, १ साउन । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका पदाधिकारीहरूले नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई कार्यकालकाे सफलताकाे कामना गर्दै बधाई ज्ञापन गरेका छन । एशोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वकाे पदाधिकारीहरुकाे टाेलीले नवनियुक्त अर्थमन्त्री माननीय विष्णु पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरेकाे हाे । सिंहदरबार स्थित अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका अध्यक्ष सागर ढकालले पूँजी बजारको सुधार र विकासका लागि अर्थमन्त्रीबाट अग्रगामी साथ र नेतृत्वको आशा गरेको बताएका थिए । त्यसैगरी अर्थमन्त्री पाैडेलले पूँजीबजार प्रति आफू सधैं सकारात्मक रहेको बताउदैं यस… पुरा पढौ

नेप्सेमा ७०.१८ अंकको उछाल, ९ अर्ब बढीको कारोबार

काठमाडौं, १ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा उछाल आएको छ । देशले नयाँ अर्थमन्त्रीमा विष्णु पौडेललाई पाए लगत्तै सेयर बजारमा सकारात्मक लय देखिन थालेको छ । अर्थमन्त्री पौडेल सेयर बजारमैत्री ब्यक्तित्व भएकोले पनि लगानीकर्ताहरुको मनोबल बढेको बुझिएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ । यसरी बढेको नेप्से २३१० विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ विन्दुमा उक्लिएको छ ।… पुरा पढौ

आव २०८०/८१ समीक्षाः सरकारको आय- व्यय लक्ष्यको तुलनामा निकै कम देखियाे

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख… पुरा पढौ

सुन तोलाको १ लाख ४७ हजार ८ सय पुग्यो, चाँदीमा गिरावट

काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ९ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले घटेको हाे । छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

जनकपुरधाम उपमहानगरले ल्यायो ३ अर्बको बजेट

जनकपुर, १ साउन । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब तीन करोड ३२ लाख ४० हजारको बजेट ल्याएको छ । नगर उपप्रमुख किशोरी साहले नगरसभाको १२औँ अधिवेशनमा पेस गरेको बजेटमा चालुतर्फ रु दुई अर्ब छ करोड ३४ लाख ८९ हजार तथा पुँजीगततर्फ रु ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिएको उल्लेख गरिएको छ । चालुतर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षाबापतको रु ५० करोड र युआरएलआइपी प्रोजेक्टका लागि रु ४७ करोड समावेश गरिएको नगर उपप्रमुख साहले पेस… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रिदर… पुरा पढौ

पेट्रोलमा रू ४, डिजेल र मट्टितेलमा रू ३ ले मूल्य बढ्यो

काठमाडौं, १ साउन । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा,… पुरा पढौ

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई रु २५ लाख अनुदान

गण्डकी, ३१ असार । पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२… पुरा पढौ

नेप्से १७‍.१८ अङ्कले घट्याे, ८ अर्ब ७३ कराेडकाे काराेबार

काठमाडौं, ३१ असार । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन आज साेमबार नेपाली सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट भएकाे छ । काराेबार रकम भने अघिल्ला दिनहरुकाे भन्दा बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७‍.१८ अङ्कले घटेर २२४०.४१ को विन्दुमा झरेकाे छ । यसदिन ३३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयरकाे काराेबार भएकाे छ । यसबाट रुपैयाँ आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह… पुरा पढौ

सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं, ३१ असार । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे । उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे। “सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि… पुरा पढौ