आर्थिक 📈

सुनकाे भाउ १६ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

काठमाडौं, २ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर… पुरा पढौ

मधेसमा ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक

धनुषा, २ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) रहेको छ । यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी हो । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा… पुरा पढौ

आज अमेरिकी डलर, यूराेसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोसहित अन्यकाे भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४०… पुरा पढौ

सेबाेन अध्यक्षका लागि ‘सर्ट लिस्टेड’ ५ जनाकाे अन्तर्वार्ता आज

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबाेन)काे अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका ५ जना उम्मेदवारको आज अन्तर्वार्ता हुने भएको छ । नयाँ अध्यक्षका उम्मेदवारहरूले अन्तर्वार्तासहित व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण गर्ने भएका छन् । अन्तर्वार्ता राष्ट्रिय योजना आयोगको सभा हलमा हुने अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ । सेबाेनकाे नयाँ अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम सर्ट लिस्टमा रहेकाे छ । सरकारले… पुरा पढौ

बागमतीमा साढे ६४ अर्बकाे बजेट विनियोजन

हेटौँडा (मकवापनुर), १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गर्नुभएकोे बजेटमा चालुतर्फ रु २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ रु ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार… पुरा पढौ

लुम्बिनीमा करिब रु ३९ अर्ब र कर्णालीमा साढे ३१ अर्बकाे बजेट सार्बजनिक

लुम्बिनी, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल रु ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालु आवको भन्दा करिब रु डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गरे। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार बजेट विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु ११ अर्ब २४ करोड २७ लाख ८४… पुरा पढौ

सुदूरपश्चिममा रु साढे ३१ अर्ब र काेशीमा रू ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

सुदूरपश्चिम, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेटमा कूल विनियोजित बजेटमध्ये चालूतर्फ रु ११ अर्ब सात करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रहेको ल्याइएको जनाइएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु दुई अर्ब ९२ करोड ७० लाख १० हजार र… पुरा पढौ

गण्डकी सरकारद्वारा करिब ३३ अर्बकाे बजेट सार्बजनिक (पूर्णपाठ)

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि करिब ३३ अर्बकाे बजेट प्रस्तुत गरेका छन् । सरकारले रूपैयाँ ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेकाे हाे । अर्थमन्त्री डा. टकराज गुरुङले आज प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालुतर्फ रूपैयाँ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ रूपैयाँ १९ अर्ब ५१ करोड ७९ लाख विनियाेजन गरिएकाे सुनाए । बजेटकाे यो आकार कुल बजेटको चालुतर्फ ३९.९१ प्रतिशत तथा पुँजीगततर्फ ५९.१९ प्रतिशत… पुरा पढौ

बजेटबारे समीक्षा हुन आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए । अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राखे। उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास… पुरा पढौ

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर, १ असार । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।” समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती… पुरा पढौ