पाेखरा, २० कात्तिक । पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको हालसम्म १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री, गोदवारीलगायत फूल र बिरुवाको किनबेच पनि भइरहेको एसोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए। “पुष्प मेलाप्रति आकर्षण बढ्दै गएको छ, नयाँ–नयाँ प्रजातिका फूल एकै ठाउँमा भएकाले पनि ग्राहकलाई सहज भएको छ”, उनले…
पुरा पढौ