आर्थिक 📈

शिक्षण पेशा छाडेर कृषिमा : ८० लाख लगानीमा ‘ड्रागन खेती’

तनहुँ, १८ कात्तिक । व्यास नगरपालिका–२ कालिका मार्ग तनँहु निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय समेत गरिन । करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरेर उनी यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा ८० लाख लगानीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरेकी छन। प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधाना केन्द्रको रुपमा स्थापित गराउन आफू यस… पुरा पढौ

माथिल्लो अरुण निर्माण अगाडि बढाउन उच्चस्तरीय प्रतिबद्धता

काठमाडाैं, १७ कात्तिक । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजनास्थल रहेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ । एक हजार ६१ मेगावाट क्षमताको सो आयोजना निर्माण अगाडि बढाउन सरकार र दातृ निकायबीच उच्च तहको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्खुवासभाका सङ्घीय सांसद दीपक खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व… पुरा पढौ

प्राधिकरणले रु ६५ लाख बक्यौता रकम उठायो

चितवन, १७ कात्तिक । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा रु ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ । प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो । केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको हो । उनले भने, “लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता… पुरा पढौ

अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, १७ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । यसदिन सुनमा रुपैयाँ २ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउमा पनि केही थपघट भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर… पुरा पढौ

तिहारमा चिनी अभाव नहुने, ३ हजार मेट्रिकटन बजारमा पठाइयो

काठमाडौं, १७ कात्तिक । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले… पुरा पढौ

स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले दियाे १० करोड डलर ऋण सहयोग

काठमाडौं, १६ कात्तिक । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ)बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको… पुरा पढौ

नेप्सेमा १०.८६ अंकको गिरावट, ९६ करोडको कारोबार

काठमाडौं, १६ कात्तिक । सेयर बजारको ओरालोको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट भएको छ । सेयर बजारमा भइरहेको लगातारको गिरावटले लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.५८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले घटेर ३५७.७६ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ११ वटामा रातो लागेको छ । दुई वटामा मात्रै हरियो लागेको छ ।… पुरा पढौ

अर्थतन्त्रको सङ्कट समाधानका लागि सर्वपक्षीय सम्मेलन जरुरी छ : उपाध्यक्ष पौडेल

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिए। “चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ । प्रधानमन्त्री विदेश गए पनि कार्यबाहक प्रधानमन्त्री हुन्छ । तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द गरियो”, एमाले नेता पौडेलले भने, “यस अवधिमा अनुचित लेनदेनसम्बन्धी कानुनमा संशोधनबाहेक अरु कुनै पनि काम गर्न सकेनौँ ।” सदनमा आउनुपर्ने विषय नआएको… पुरा पढौ

नेपाल लाइफको एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न

काठमाडाैं, १६ कात्तिक। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति… पुरा पढौ