आर्थिक 📈

नेप्सेमा २५.३१ अंकको बृद्धि, ३ अर्ब १८ करोडको कारोबार

काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।कारोबार रकम औसतमा ठीकै भएपनि उल्लेखनिय प्रगति भने भएन । तर नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले बढेर तोलाको ३९२.१५ विन्दुमा पुगेको छ । यसदिन १३ वटा उपसमूहरुमध्ये २ बाहेक सबैमा हरियाली छाएको छ ।… पुरा पढौ

लक्ष्मी क्यापिटलले ‘लक्ष्मी भ्यालु फण्ड’ निष्काशन गर्ने

काठमाडौं, २७ असार । लक्ष्मी क्यापिटल मार्केटले फेरी म्युचुअल फण्ड निष्काशन गर्ने भएकाे छ। क्यापिटलका अनुसार लक्ष्मी भ्यालु फण्ड २ काे नाममा उक्त म्युचुअल फण्ड निष्काशन गर्ने भएकाे हाे । याे एक बन्दमुखी योजना रहेकाे कंपनीकाे भनाइ छ। साे फण्डकाे प्रति इकाई रु १० अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीका लागि निश्काशन गरिने भएकाे हाे । यमा १ करोड २० लाख इकाई कोष प्रवर्धक रहेकाे लक्ष्मी बैंकका लागि सुरक्षित हुनेछ । बाँकी रहने ८ करोड ८०… पुरा पढौ

बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

काठमाडौं, २७ असार । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म रु ११ लाख १२ हजार आठ सय रकमान्तर गरी ठगी गरेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन… पुरा पढौ

सुन तोलाको १ लाख ११ हजार ६ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर तोलाको १… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोकोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३२… पुरा पढौ

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ । पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक… पुरा पढौ

नेप्सेमा ४.७३ अंकको गिरावट, २ अर्ब ८५ कराेडकाे कारोबार

काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा ओरालोको यात्राले निरन्तरता पाएको छ । सोमबार झिनो अंकले घटेको सेयर बजारमा मंगलबार ४.७३ अंकको गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि कमी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बृद्धि भएर ३८८.८६ विन्दुमा रहेको छ । यसदिन कुल २८३ कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

हुलाक बचतका खाता र बचत रकम वाणिज्य बैंकमा हस्तान्तरण

काठमाडौं, २६ असार । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहने छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खातालाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत… पुरा पढौ

कृषिकाे वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिए। प्रधानमन्त्री दाहालले भने, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यकाे कति ?

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४१ पैसा रहेको छ ।… पुरा पढौ