आर्थिक 📈

खल्तीको नयाँ सेवा ‘प्रवेशिका’ बाट बिद्यार्थीले +२ कलेजको आवेदन दिन सक्ने

काठमाडाैं, २९ असार । खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ। यस प्लेटफर्मबाट, एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन्। यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको  १००% छात्रवृत्ति पनि उपलब्ध  हुनेछ। प्रवेशिका मार्फत हालै काठमाडौं उपत्यका रहेका कलेजकालागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ। यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा… पुरा पढौ

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

जानकी, २९ असार । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् । कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको… पुरा पढौ

साताकाे अन्तिम दिन यस्ताे छ सुनचाँदीको भाउ

काठमाडौं, २९ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा रुपैयाँ ४० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हनार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १… पुरा पढौ

राजस्व संकलन गर्ने बैंक तथा राजश्व कार्यालयहरू शनिबार खुल्ला गर्न विभागकाे अनुराेध

काठमाडौ, २९ असार। आन्तरिक राजस्व विभागले कर बुझाउने र साे सम्बन्धी कामका लागि भाेलि शनिबार सबै राजस्व कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरुलाइ खुला गर्न अनुराेध गरेकाे छ। करदाताहरुले वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम (तेस्रो किस्ता) २०८० असार महिनाभित्र पेश गर्नुपर्ने कानुनी व्यवस्था भएकाले विभागले कर कार्यालय र बैंकलाइ अनुराेध गरेकाे हाे । विभागले शनिबार सार्वजनिक बिदाको दिन भएपनि ठुला, मध्यमस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु र राजस्व संकलन गर्ने बैंकका शाखाहरु, रकम सङकलनका… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्याे

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोको भाउ घटेको छ । अन्य केहि देशकाे मुद्राकाे भाउ बढेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २ पैसा… पुरा पढौ

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत

काठमाडौं, २८ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए। “सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ”, उनले भने, “ऋण… पुरा पढौ

दुई आयोजना अघि नबढ्दा पुँजीगत खर्च कम : मन्त्री आचार्य

काठमाडौं, २८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बालसुधारगृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिँदै उनले पुँजीगत कार्यक्रम सामान्य प्रकृतिका भए पनि दुई आयोजना अघि बढ्न नसक्दा चालु खर्च कम देखिएको बताए । “मन्त्रालयको बजेटको ठूलो हिस्सा चालु खर्चबाट कार्यान्वयन गर्ने प्रकृतिको छ”, मन्त्री आचार्यले भने, “तर, काठमाडौँको गोठाटारस्थित अस्पतालसहितको वृद्धाश्रम र तनहुँको… पुरा पढौ

नेप्सेमा १२.६२ अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २८ असार । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६२ अंकले घटेर १२८४.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९० अंकले घटेर ३९१.२५ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २९६ कम्पनीहरुको… पुरा पढौ

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तकाे एकीकृत कारोबार असार ३१ देखि

काठमाडौं,  २८ असार । आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बताएकाे छ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर संस्थाले एकीकृत काराेबार गर्ने भएकाे हाे । नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई एकीकृत कारोबार गर्नका लागि असार २२ र सेबाेनले असार २६ गते अन्तिम स्वीकृति दिएका हुन्।  आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको छ। दुवै संस्थाहरुबीच गएकाे चैत २९ मा एक्विजिसनका लागि प्रारम्भिक रुपमा सम्झौता भएकाे थियाे । आशा लघुवित्तको चुक्ता पुँजी… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो स्थिर, अन्य कति ?

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रिदर १३१ रुपैयाँ ९०… पुरा पढौ