आर्थिक 📈

पनौतीको बजेट एक अर्ब ५० करोड विनियोजन

काभ्रे, २६ असार । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले तेह्राै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण,… पुरा पढौ

बजेट कार्यान्वयनमा गएसँगै आर्थिक सुधारकाे थालनी : अर्थमन्त्री महत

काठमाडौं, २५ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताएका छन् । आज अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने उनको भनाइ छ । “अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ । यसबाट दोस्रो चरणको शुरुआत भएको छ । यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ । यसलाई… पुरा पढौ

जलजला आलुको बीउमा आत्मनिर्भर

पर्वत, २५ असार । वर्षौ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो । तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने… पुरा पढौ

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २५ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार ओरालाेको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेर ३८८.६२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । कुल ९९३ वटा कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९ पैसा… पुरा पढौ

आइएमई लाइफकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आज आवेदन दिने अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले असार २१ का लागि मिति सारिएकाे थियाे । इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे। इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउने भनेकाेमा १२ लाख कित्ता सेयर वैदेशिक… पुरा पढौ

पाठकले गर्छिन् अचार बिक्रीबाट वार्षिक ५ लाख आम्दानी

गल्याङ, २५ असार । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकि थिइन। उनी आत्मनिर्भर मात्र बनिनन् प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन् । तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगको लगानी हाल पाँच लाख… पुरा पढौ

नेप्सेमा २८.३८ अंकको बृद्धि, ३ अर्ब ४२ करोडको कारोबार

काठमाडौं, २४ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल खडा भएको छ । नेप्से उकालो लागेपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७ विन्दुमा उक्लिएकोे छ । नेप्सेमा १.३८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.३५ अंकले बढेर ३८८.५१ विन्दुमा पुगेको छ । १३ उपसमूहरु सबैमा हरियाली छाएको छ । उनीहरुको सबैको सेयर बढेको छ । यसदिन कुल २८७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको… पुरा पढौ

काममा ढिलासुस्ती गर्ने २४ कम्पनीलाई सोधियो स्पष्टीकरण

काठमाडौं, २४ असार । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स… पुरा पढौ

चालु आवकाे जेठसम्म प्रदेशकाे बजेट खर्च ४९ प्रतिशत मात्रै

काठमाडौँ, २४ असार । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार ३ खर्ब ६ अर्बमध्ये जेठ मसान्तसम्म १ खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो। महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव… पुरा पढौ