आर्थिक 📈

सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव लैजाने: मन्त्री बस्नेत

काठमाडौं, ५ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन्। मन्त्रालयमा आज नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या आज विभागका पदाधिकारीद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उनले चाँडै नै सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको करबाट सङ्कलित रकम देशभरिका गरिबीको उपचारका लगाउने जानकारी दिए। “विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको भन्दा हामीले अहिले कम कर लिइरहेका छौँ”, उनले भने, “सुर्तीजन्य पदार्थमा कर बढेपछि महँगो हुने भएकाले उपभोग… पुरा पढौ

२०६४.८३ विन्दुमा झर्यो नेप्से, ४ अर्ब १० करोडको कारोबार

काठमाडौं, ५ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।तीन उपसमूहमा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहहरुमा रातो लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार घाेराही सिमेन्टको आइपीओमा ५ अर्बको फर्जि आवेदन पेश तथा सेबोनले आईपीओ स्थगन गरेको घटनाक्रमले हलचल मच्चाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.५६ अंकले घटेको छ । यसरी घटेको नेप्से २०६४.८३ विन्दुमा झरेको… पुरा पढौ

नवीकरणीय ऊर्जा प्रविधिको तालिम बन्याे आम्दानीकाे आधार

काठमाडौं, ५ असार । गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उनको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उनीसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो । कहिलेकाहीँ अवसर भाग्य बनेर आउँछ भने झैँ उनहाँलाई पनि त्यस्तै भयो । केही महिनाअघि जिआइजेड रिप कार्यक्रमले जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर अछाम जिल्लाको साफेबगर नगरपालिका साफेबगर… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, सुनमा २ सय र चाँदीमा १० रुपैयाँकाे गिरावट

काठमाडौं, ५ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। मंगलबार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँले घटेको हो। सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ। त्यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय ३० रुपैयाँ भएको छ। सोमबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँ थियो भने साताको प्रारम्भमा तोलाको १४ सय ४५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दरभाउ

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राकाे भाउ केहि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा बिक्रिदर… पुरा पढौ

बहाल करकाे अन्योल हटाउन कामपा प्रमुख शाहको आग्रह

काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै प्रमुख शाहले यस्तो बताए । बहाल आयमा लाग्ने कर सङ्कलनको अधिकार संविधानले स्थानीय तहलाई मात्र दिएको भन्दै प्रमुख शाहले यसबाट सिर्जना भएको अन्योला तत्काल… पुरा पढौ

सेबोनले गर्यो घोराही सिमेन्टको आईपीओ स्थगन, ५ अर्ब बढीकाे फर्जी आवेदन

काठमाडौं, ४ असार । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)ले घोराही सिमेन्टको सेयर (आईपीओ) राेकेकाे छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेबाेनलाई सेयरमा फर्जी आवेदन परेको जानकारी गराएको थियो । यसबारे बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा नदिइ आधारबिना सेयरकाे म्याद थपेकाेले साे सेयर निष्काशनकाे सबै कार्य राेकिएकाे हाे । बाेर्डकी सहायक निर्देशक सरिता महर्जनले लेखेकाे पत्रमा कम्पनीकाे सेयर निष्काशनमा माग भन्दा बढि कित्ताका लागि आवेदन प्राप्त भइसक्दा पनि सेयर निष्काशनकाे म्याद थप गरेकाे सूचना निकालेपछि स्थगन गर्नु परेकाे जनाएकी… पुरा पढौ

तीन करोड ५६ लाखको अवैध सम्पत्ति कमाएको अभियोगमा राजभण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए। विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए । आयोगका अनुसार राजभण्डारीको वैधानिक… पुरा पढौ

सांसद ढकालसहित लगानीकर्ताले दिए गभर्नरलाई ८ बुँदे सुझाव

काठमाडौं, ४ असार । सेयर लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ८ बुँदे  सुझाव दिएका छन् । सुझाव दिनका लागि उनीहरु सांसद हरि ढकालको नेतृत्वकाे टाेलिमा गएका थिए । उनीहरुले गभर्नर अधिकारीलाई ८ बुँदे  सुझाव दिदै सेयर धितोकर्जामा लगाइएको १२ करोडको क्यापलाई हटाउन माग गरे । उनीहरुले पेश गरेकाे ८ बुँदे सुझाव यहाँ प्रस्तुत गरिएकाे छ । टाेलिले पेश गरेकाे ८ बुँदे सुझावहरु १. अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा चलायमान… पुरा पढौ

नेप्सेमा झिनो अंको गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, ४ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सामान्य गिरावट भएको छ । संघीय राजधानीमा काठमाडौं महानगरपालिकाद्वारा भारतीय चलचित्र आदि पुरुषलाई प्रदर्शनीमा लगाईएको रोक र नेपालस्थित वितरकले नेपाल भरको प्रदर्शन रोकेकै दिनको असरमा सेयर बजारमा पनि देखिएको छ । भारतमा पनि यसकाे असर देखिएकाे छ । उसो त भारतमा पनि सो फिल्मकाे प्रदर्शनीको बारेमा विरोध भईरहेको छ । यसमा पौराणिक कथावस्तुको उपहास र मानमर्दन गरिएको जनाईएको छ । यद्यपि लेखक तथा निर्माण पक्षले सोमबार… पुरा पढौ