काठमाडौं, १८ असोज । निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्काेमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताए । “बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ”, उनले भने, “कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही…
पुरा पढौ