स्वास्थ्य

नेपालमा २ सय २७ मा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

काठमाण्डौ, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ४०१ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ५१८ जनाको पीसीआर गर्दा १ सय ३७ जनामा तथा २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ६८ जना कोरोना सङ्क्रमित निको भएका… पुरा पढौ

दुर्गमको नियति : नर्मताले बाटोमै जन्माइन मृत बच्चा

बागलुङ, २३ भदाै । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्। उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले… पुरा पढौ

डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग

काठमाडौं, २२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे। सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१… पुरा पढौ

३ सय नयाँ कोरोना संक्रमित थपिए, १२४ डिस्चार्ज

काठमाण्डौ, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ५९० जनाको नमूना परीक्षण गरिएकोमा ३ सय जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ९८१ जनाको पीसीआर गर्दा १ सय ७७ जनामा तथा २ हजार ६०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने… पुरा पढौ

धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

बागलुङ, २१ भदौ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिसाइटिस’को सफल शल्यक्रिया गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो । डाक्टर साजन कुँवर, सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल उनको शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए । अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताए ।… पुरा पढौ

औषधि सहजै उपलब्ध नहुँदा सिकलसेल एनिमियाका बिरामी मारमा

दाङ, २१ भदौ । राज्यले सहजरुपमा औषधी उपलब्ध गराउन नसक्दा सिकलसेल एनिमियाका बिरामीका पीडा झन् थपिएको छ । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय चौधरी विगत आठ–नौ वर्षदेखि सिकलसेल एनिमिया पीडित हुँदै आएका छन् । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ । 'एक त सिकलसेलको उपचार गर्दा लाखौँ खर्च गरेको पीडा छ', उनले भने, अर्कातर्फ सहजै औषधि पाइँदैन ।' सिकलसेल लागेको… पुरा पढौ

पछिल्लो २४ घण्टामा १४२ कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ४५० जनाको नमूना परीक्षण गरिएकोमा १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ७५६ जनाको पीसीआर गर्दा १ सय १६ जनामा तथा १ हजार ६९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा २ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन्… पुरा पढौ

मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशमै प्रथम

लमजुङ, १९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट  प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास,  गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको हो । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार बागलुङ बजारमा गरिएको आर्थिक वर्ष २०७८-७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १ सय नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी… पुरा पढौ

शिक्षण अस्पताल बन्दैछ रजहरको प्राकृतिक चिकित्सालय

कावासोती, १८ भदौ । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए। यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक… पुरा पढौ

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ मा सङ्क्रमण

काठमाण्डौ, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ८६९ जनाको नमूना परीक्षण गरिएकोमा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ५९५ जनाको पीसीआर गर्दा १ सय ३४ जनामा तथा १ हजार २७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ३ सय ९८ जना कोरोना सङ्क्रमित निको भएका छन्… पुरा पढौ