स्वास्थ्य

यूरोपमा कोभिडको नयाँ लहर आउन सक्ने

दि हेग, ५ असोज । यूरोपियन मेडिसिन एजेन्सीले यूरोपमा कोभिड-१९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । एजेन्सीले कोभिड-१९ को महामारी पूर्ण रुपमा टरेको नभई केही कम मात्र भएको भन्दै यूरोपमा अर्को लहर आउन सक्नेबारे सचेत गराएको हो । मंगलबार यूरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले यूरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको भए पनि यसको प्रकोप नघटेको बताएका हुन् । उनले भने, 'यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । यूरोपियन देशहरुले… पुरा पढौ

बागमती प्रदेशमा डेँगुबाट एघार जनाको मृत्यु

हेटौंडा, ५ असोज । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेङ्गुबाट काठमाडौँमा ४, ललितपुरमा २, सिन्धुपाल्चोकमा २, मकवानपुरमा १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए । प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेका बताइएको छ । तीमध्ये सबैभन्दा धेरै ललितपुर… पुरा पढौ

७४ कोरोना सङ्क्रमित थपिए, १ सय ६० डिस्चार्ज

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ५१२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ५३५ सय जनाको पीसीआर गर्दा ३९ जनामा तथा १ हजार ९७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ६० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको… पुरा पढौ

बागलुङमा डेङ्गु सङ्क्रमण बढ्दो

बागलुङ, ४ असोज । बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको छ । जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तर डेङ्गु परीक्षणका लागि किटको अभाव भएकाले धेरै शङ्कास्पद बिरामीको परीक्षणमा समस्या भएको बताइएको छ । जिल्लामा यो वर्ष ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा ९ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्था रहेकाले पोखरा… पुरा पढौ

५९ जना कोरोना सङ्क्रमित थपिए, १ सय ६१ डिस्चार्ज

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ८८२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ७५३ सय जनाको पीसीआर गर्दा २५ जनामा तथा १ हजार १२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ६१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको… पुरा पढौ

वरिष्ठ आँखा चिकित्सक डा रुइत र प्रेरक ज्ञवाली अभिनन्दित

काठमाडौं, १ असोज । नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ । समूहले आज आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तक्र्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई अभिनन्दन गरे। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रूइतलाई सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्रदान गरिएको थियो । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा… पुरा पढौ

सङ्क्रमण सयभन्दा तल झर्यो, १३१ जना सङ्क्रमणमुक्त

काठमाडौं, १ असाेज । आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला… पुरा पढौ

१ सय १० जनामा कोरोना सङ्क्रमण

काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८२७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ७५२ सय जनाको पीसीआर गर्दा ६० जनामा तथा २ हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय २६ कोरोना सङ्क्रमित निको भएका… पुरा पढौ

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरा, ३१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप सञ्चालन गरेको छ । विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई दोस्रो चरणको खोप दिन लागिएको हो । जिल्लाभरका ५ देखि ११ वर्षमुनिका बालबालिकालाई दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार १ सय ७१ बालबालिकालाई खोप लगाउन लागिएको हो । कार्यालयले सूचनामार्फत् ती उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह… पुरा पढौ

१ सय २६ जनामा कोरोना सङ्क्रमण, १ सय ३७ डिस्चार्ज

काठमाण्डौ, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ७९० जनाको नमूना परीक्षण गरिएकोमा १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ६७४ सय जनाको पीसीआर गर्दा ७५ जनामा तथा २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ३७ कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना… पुरा पढौ