स्वास्थ्य

चन्द्रागिरिमा घरदैलो नर्स सेवा सञ्चालन गर्ने तयारी

काठमाडौं, १५ साउन । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका (अपाङ्ग) तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले भने, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका… पुरा पढौ

वीरगञ्जमा रु २८ करोडको लागतमा एक हजार क्षमताको होल्डिङ सेन्टरकाे निर्माण अन्तिम चरणमा

वीरगञ्ज, १४ साउन । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ । निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, दाहालले भने। निमार्णाधीन संरचनाको व्यवस्थापनको… पुरा पढौ

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

काठमाडौँ, १३ साउन देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९… पुरा पढौ

५ सय ७७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत् ४ हजार ४ सय ८२ जनाको नमुना परीक्षण गर्दा ५ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय ६९ जना कोरोना सङ्क्रमित निको भएका मन्त्रालयको तथ्याङ्क छ । यो सङ्ख्या थपिएसँगै कोरोनाका सक्रिय संक्रमित ४ हजार ३ सय ५६ पुगेका छन् । यस्तै २४ घण्टाको अवधिमा २८ हजार २ सय ५६… पुरा पढौ

बढ्दै कोरोना सङ्क्रमित, एकै दिन थपिए ७१० जना

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा  पीसीआर र एन्टिजेन गरी ५ हजार २५ जनाको नमूना परीक्षण गरिएकोमा ७१० जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थपिएका ७ सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ३६ जना पुगेको छ । यो अवधिमा २ सय १५ जना निको भएका छन् । यसबाहेक पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट… पुरा पढौ

भारतमा थपिए २० हजारभन्दा बढी  कोरोना सङ्क्रमित

नयाँदिल्ली, १२ साउन । पछिल्लो २४ घण्टामा भारतका विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित थपिएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघिका तीन दिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेकोमा पछिल्लो २४ घण्टामा भने २० हजार नाघेको स्थानीय अधिकारीहरुले बताएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ भने १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ । उक्त… पुरा पढौ

चीनको वुहानमा ४ जनामा कोरोना,  फेरि लकडाउन

बेइजिङ, १२ साउन । कोभिड-१९ को उद्गम मानिएको चीनको वुहान सहरमा ४ जनामा कोरोना संक्रमण  भेटिएपछि जिआङ्जिया क्षेत्रमा लकडाउन गरिएको छ । लकडाउन गरिएको क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । उक्त सहरको जनसङ्ख्या १० लाख जति रहेको बताइएको छ । जिआङ्जिया क्षेत्रमा ४ जनामा ​​कोरोना संक्रमण देखिएको तरउनीहरुमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ। कोभिड-१९ विरुद्ध लड्न 'जिरो कोभिड' रणनीति अपनाइरहेको चीनले ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चाल्दै आएको छ… पुरा पढौ

डेङ्गु रोगको सङ्क्रमण बढ्दै, काभ्रेका नौ जनामा पुष्टि

काभ्रेपलाञ्चोक, १२ साउन । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख… पुरा पढौ

देशभर ५६४ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा ४ हजार ४५४ जनामा परीक्षण गरिएकोमा ५४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ४५४ मध्ये २ हजार ७७८ को पीसीआर विधिबाट तथा परीक्षण गर्दा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो । यस्तै सो अवधिमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ… पुरा पढौ

कैलालीमा एआरटी सेवाग्राही बढ्दै, गत वर्ष १ हजार ६३२ जनाले लिए

कैलाली, ११ साउन । एचआईभी सङ्क्रमितले लिँदै आएको एआरटी सेवा लिनेको सङ्ख्या कैलालीमा बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्र कैलालीमा उक्त सेवा लिनेको सङ्ख्या १ हजार ६३२ पुगेको छ । यस जिल्लामा एआरटी सेवा लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा धेरै हो। आर्थिक वर्ष २०७७-७८ मा कैलालीमा तीन ठाउँबाट एआरटी सेवा लिनेको सङ्ख्या १ हजार ५६० रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा यो सङ्ख्या बढेर १ हजार ६३२ पुगेको हो । टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट ५४८ जना एचआइभी… पुरा पढौ