स्वास्थ्य

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पु¥याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेकाे उच्च–स्तरीय बहसलाई आज सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए। निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिए। कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत… पुरा पढौ

सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचाइयो

बैतडी, १३ फागुन । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहेकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक पिन्ट रगतले ती सुत्केरीको ज्यान बाँचेको हो । जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिन अगाडि भर्ना भएकी सरस्वतीले शल्यक्रियाबाट शिशु… पुरा पढौ

काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै

काभ्रेपलाञ्चोक, १३ फाुगन । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन । कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको… पुरा पढौ

नेत्र ज्योति संघले आँखा अस्पताललाई दियाे रु एक करोड मूल्यका विभिन्न उपकरण

कर्णाली, १३ फागुन । नेपाल नेत्र ज्योति सङ्घले नेपाल रेडक्रस सोसाइटी, सुर्खेत सामुदायिक आँखा अस्पताललाई करिब रु एक करोड मूल्यका विभिन्न उपकरणहरू प्रदान गरेको छ । सङ्घले अस्पतालको सेवा विस्तारका लागि सिबिएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा आँखा उपचारसम्बन्धी उपकरणहरू प्रदान गरेको हो । अस्पताल व्यवस्थापनका अनुसार नेत्र ज्योति सङ्घले प्याकेमेट्री, ए–स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्यूनदृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर उपकरण हस्तान्तरण गर्नुका साथै अस्पताल परिसरमा बाल खेलमैदान, अपाङ्गतामैत्री संरचना निर्माण गरेको हो… पुरा पढौ

‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रम

वीरगञ्ज, १२ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो । आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने र स्वस्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार हुने भएकाले गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए। वडा नं १ का १००, वडा नं २… पुरा पढौ

गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

बेनी, ११ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ । विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन। “बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु¥याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भनिन् । समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको छ । समयमै र… पुरा पढौ

थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको निधन

काठमाडौं, १० फागुन । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले १ हजार ७४७ जना संक्रिय संक्रमित छन् । पुरा पढौ

दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

पाल्पा, १० फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो । गाउँपालिकाले मुटुरोगी २१, मिर्गाैलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । जुन… पुरा पढौ

आकस्मिक रक्तदानमा ५७ युनिट रगत संकलन

पाेखरा, ९ फागुन । नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की ले आकस्मिक रक्तदान कार्यक्रम पोखरा को महेन्द्रपुल मा सम्पन्न गरेको छ। आकस्मिक रक्तदान मा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीको नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका डण्डराज शर्मा को प्रमुख अतिथी मा भएको आकस्मिक रक्तदान मा ५७ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले बोल्दै मुख्य कारण जुन यो नियमित रक्तदान हुन सकेन रगत को अभाव न्यूनीकरण गर्न को लागि नेपाल रेडक्रस सोसाइटी… पुरा पढौ

बागमतीमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ९ फागुन । बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । हेटौडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्र रुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा… पुरा पढौ