स्वास्थ्य

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

बैतडी, ९ फागुन । बैतडीमा चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो । स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सो सस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए । उनले भने, “अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ । देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ ।” विसं २०७७ चैतबाट… पुरा पढौ

मध्यनेपाल नगरपालिकामा अल्ट्रासाउण्ड सेवा सुरु

लमजुङ, ९ फागुन । जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो । नगर प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै सो सेवा सुरु गरे। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो । चिसंकु, रम्घा र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले… पुरा पढौ

थप २६२ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

काठमाडौं, ८ फागुन । पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । पुरा पढौ

सूचना प्रविधि प्रयोगशालामा आगजनी, २४ कम्प्युटर जले

मलङ्गवा, ८ फागुन । बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ । यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत… पुरा पढौ

थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, ५ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार २५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । योसँगै निको… पुरा पढौ

थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको निधन

काठमाडौं, ४ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ७५६ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार ४४ रहेको छ । पछिल्लो समय थप एक हजार ६०० संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको… पुरा पढौ

१६ वर्षमा प्रवेश गर्याे अल्का अस्पताल

काठमाडौं, ३ फागुन । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित १६ बर्ष अगाडी कुमार थापाले अल्का अस्पताल संचालनमा ल्याएका थिए। ‘१६ वर्ष पुग्दा हामी निकै खुसी छौ,’ अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौं।’ १६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ । वार्षिक उत्सवको अवसरमा अल्का… पुरा पढौ

भरतपुरमा १४ करोड लगानीमा आँखा अस्पताल भवन बन्ने

काठमाडौं, ३ फागुन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । अस्पतालले १४ करोड ३५ लाख रुपैयाँ खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो। भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि ४ करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न… पुरा पढौ

थप ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको निधन

काठमाडौं, २ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६९६ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या १ लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप २ हजार ३१९ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त… पुरा पढौ

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

चितवन, २ फागुन । जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् । कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो… पुरा पढौ