स्वास्थ्य

चरक मेमोरियल हस्पिटलको नवौं बार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा पुनः रेग्मी

पोखरा २० फागुन । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलको नवौं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीबबहादुर कोइरालाले छोटो समयमा नै चरक मेमोरियल हस्पिटल पोखरामा स्थापित हस्पिटल बन्न सफल भएको बताए । उनले हस्पिटलले कर तिरेर राज्यलाई सहयोग गरेपनि राज्यले त्यसको कदर नगरेको उल्लेख गरे । उनले सरकारी हस्पिटलभन्दा पनि निजीको सेवा सुविधा भरपर्दो रहेको बताए । हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीले २०६८ मा पोखराको नयाँबजारबाट ५०… पुरा पढौ

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले चरक मेमोरियल हस्पिटल र अतिथि रिसोर्टमा विशेष छुट पाउने

पोखरा, २० फागुन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पोखराको नागढुङ्गामा रहेको चरक मेमोरियल हस्पिटलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र चरक हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार हस्पिटलबाट उपलब्ध गराइने बिभिन्न किसिमका चिकित्सकीय स्वास्थ्य सेवाहरुमा नेपाल बैंकका ग्राहक तथा परिवारले बिशेष छुट तथा सहुलियत पाउनेछन । सम्झौता अन्तरगत बैंकको भिसा कार्ड र एटिम प्रयोगकर्ताको हकमा अन्तरंग भर्ना,… पुरा पढौ

थप १२६ जनामा कोरोना संक्रमण, १ जनाको निधन

काठमाडौं, २० फागुन । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको निधन भएको छ भने ३८५ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार… पुरा पढौ

शनिबार मिर्गौलाका बिरामीले नर्भिकमा फ्री ओपीडी सेवा पाउने

काठमाडौं, २० फागुन । फागुन २१ गते शनिवार (भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म २ घण्टा सञ्चालन हुने अस्पतालले जनाएको छ । ओपीडीमा मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले… पुरा पढौ

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै, दैनिक २० जना विशेषज्ञबाट ओपीडी सेवा दिइने

काठमाडौं, १९ फागुन । अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त ‘A Category’ प्रयोगशालामा NLH Multispecialty Clinic सोमबारबाट सञ्चालनमा आउने भएको हो । ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ US FDA, EU बाट स्विकृति प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टर सहितको ओपीडी सेवा सञ्चालन हुनेछ । मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोग, स्त्री तथा प्रसुति… पुरा पढौ

बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्दै नर्भिक अस्पताल

काठमाडौं, १८ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवं उपचार गर्ने अस्पतालले जनाएको छ । नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने… पुरा पढौ

थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको निधन

काठमाडौं, १७ फागुन । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण २ जनाको निधन भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ । जसमध्ये ७… पुरा पढौ

४७ वर्ष पुरानो स्वास्थ्यचौकी : जहाँ बिरामीका लागि घरबाटै पानी ल्याउनुपर्छ

काठमाडौं, १७ फागुन । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । ‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै… पुरा पढौ

उपवास बस्नुका वैज्ञानिक आधार र फाइदा

काठमाडौं, १७ फागुन । हिन्दू धर्मावलम्बीहरुमा ब्रत (उपवास) बस्ने प्रचलन रही आएको छ । त्यसमा पनि अधिकांश महिलाहरु व्रत बस्ने गर्छन् । यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्राउनु, श्रीमानको आयु बढाउनु भन्ने धार्मिक विश्वासका साथ उपवास बस्ने चलन रही आएको छ । एक तिर अन्धविश्वास र अर्को तिर स्वास्थ्यको लागि फाइदा वा घाटा भन्ने विषयको चर्चा भइरहन्छ । यसै विषयमा मुटु रोग विशषेज्ञ डा. ओम मूर्ति अनिलले व्रत बस्दाका फाइदा तथा घाटा बारे उल्लेख गरेका… पुरा पढौ

दरबन्दी अनुसार चिकित्सक नभएपछि सल्यान अस्पतालबाट फर्काइए बिरामी

सल्यान, १७ फागुन । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामीकाे उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ । जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो । उपचार नहुने भएपछि बिरामी अस्पतालबाटै फर्कन बाध्य भएका छन् । प्रसूति हुने समयभन्दा एक हप्ता ढिलो भएपछि बागचौर नगरपालिका–१२ का सुशीलाकुमारी वलीलाई अस्पतालले… पुरा पढौ