स्वास्थ्य

थप १ हजार ९५७ मा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं, २५ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको ८ हजर ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य… पुरा पढौ

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

काठमाडौं, २५ माघ । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो । तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन्कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिड क्रिटिकल… पुरा पढौ

सुजङ अस्पतालमा पत्रकारलाई २० प्रतिशत छुट

डोटी, २५ माघ । सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको… पुरा पढौ

थप १ हजार ५७० जनामा संक्रमण, १३ जनाको निधन

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको निधन भएको मन्त्रालयले जानकारी… पुरा पढौ

निसीखोलामा ८ करोड २४ लाखकाे लागतमा १० शय्याको अस्पताल निर्माण सुरु

गलकोट, २४ माघ । बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो । सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला– ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिए। हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ । भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ… पुरा पढौ

विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप आज दिइँदै

महोत्तरी, २४ माघ । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए। जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी… पुरा पढौ

थप १ हजार ३८६ जनामा संक्रमण पुष्टि, ८ हजार ७०४ जना संक्रमणमुक्त

काठमाडौं, २३ माघ । पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य जना जनसंख्या मन्त्रालयका अनुसार यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् । पछिल्लो साता… पुरा पढौ

सोमबारदेखि काठमाडाैं महानगरपालिकामा फाइजर खोपको दोस्रो मात्रा लगाईने

काठमाैं, २३ माघ । महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको… पुरा पढौ

काभ्रेमा आइतबारदेखि आलोपालो सेवा सुरु गर्ने, खाेप कार्ड अनिवार्य

काभ्रेपलाञ्चोक, २२ माघ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुरु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ । कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत… पुरा पढौ

कोरोनाबाट थप १६ जनाको निधन, २ हजार ५२६ संक्रमित थपिए

काठमाडौं, २१ माघ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन् भने २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ०७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधीमा थप ८ हजार ४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पुरा पढौ