स्वास्थ्य

एनआरएनए अमेरिकाद्वारा नेपाललाई ३ करोड बढीकाे स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १४ भदौ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाललाई सघाउन करिब रु तीन करोड १६ लाखभन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ । ती सामग्री गत शुक्रबार अमेरिकी सेनाको जहाजमार्फत नेपालका लागि पठाइएको र मङ्गलबार नेपाल आइपुग्ने समय तालिका रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए । ती सामग्रीमा अक्सिजन कन्सन्टे«टर, अक्सिजन पल्स अक्सिमिटर, भोल्ट स्टेप अपडाउन ट्रास्फरमर, एन ९५ मास्क, फेस सिल्ड, विभिन्न आकारका सर्जिकल गाउन सुटलगायत रहेका… पुरा पढौ

थप साबधानी नअपनाए डिसेम्बर १ सम्म युरोपमा कोभिडजन्य मृत्यु उच्च हुने

कोपनहेगन, १४ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने, “गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर… पुरा पढौ

माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा स्वास्थ्य एकाइ भवन

काभ्रे, १३ भदौ । विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले रु १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले रु चार लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते संस्थाले रु नौ लाख २० हजार तथा अमेरिकामा रहेका शङ्कर लामाबाट रु एक लाख प्राप्त भएको थियो । एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स… पुरा पढौ

१,८५७ मा सङ्क्रमण देखियाे, २,२२२ निको र २७ निधन

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् । त्यस्तै आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको… पुरा पढौ

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

अर्जेन्टिना, १२ भदौ । अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको ताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । sम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, “अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रूसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।” अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन… पुरा पढौ

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए । “हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल बिक्री

पोखरा, १० भदौ । पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रुपमा अस्पताल खरिद गरेका हुन् । बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रुपले संस्थागत रुपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेकोमा शुक्रबार खरिदबिक्री सम्झौता तयारी भएको व्यवसायी नारायण पौडेलले सफल आवाजलाई जानकारी दिए । बिक्रीका लागि अस्पताल कुल मूल्य ३ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ । त्यसमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । निजी क्षेत्रबाट नेपालमै पहिलो… पुरा पढौ

संक्रमित बढेपछि चोकचोकमा एन्टिजिन जाँच

बागलुङ, १० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए। उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई… पुरा पढौ

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागार्इंले बताउनुभयो । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो ।… पुरा पढौ

‘खोपमा चरम लापरवाही’

झापा, ८ भदौ । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ । खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित… पुरा पढौ