स्वास्थ्य

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागार्इंले बताउनुभयो । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो ।… पुरा पढौ

‘खोपमा चरम लापरवाही’

झापा, ८ भदौ । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ । खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित… पुरा पढौ

आयोगको नतिजा सच्चाउन माग

काठमाडौं, ८ भदौ । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ । परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताए । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताए। पहिलोपटक… पुरा पढौ

रसुवामा एक्सरे मेसिन अभाव

रसुवा, ८ भदाै । रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो । म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ । चिकित्सकहरूका अनुसार पुरानो प्रविधि छ । अस्पतालमा लडेर घाइते भएका बिरामीसमेत आउँछन् । एक्सरेले स्पष्ट पार्न मुस्किल परिरहेको छ । सीप भए पनि उपकरण अभावका… पुरा पढौ

जापानबाट आयो ५ लाख ५९ हजार ३६० डोज अष्ट्राजेनिका

काठमाडौं, ७ भदौ । जापान सरकारले अनुदानमा दिएको अष्ट्राजेनेका खोपको दोश्रो लटको खोप आज नेपाल आएको छ । यो खोप पहिले कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ६५ वर्ष माथिका नागरिकका लागि दोश्रो डोजको रुपमा दिईएको थियो । दोश्रो पटक आएको ५ लाख ५९ हजार ३६० डोज खोपलाई कोभिसिल्ड लगाएर बसेकाहरुको लागि दोश्रो डोज लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले यो खोपलाई प्रदेश नं १ र २ मा लगाउने तयारी गरेको छ । जापान सरकारले कोभ्याक्स कार्यक्रमअन्तर्गत अनुदानमा… पुरा पढौ

रोटरी क्लवल अफ पोखराले दियो डेभिज फल प्रि-आइसोलेशन सेन्टरलाई कन्स्ट्रेटर र सिलिण्डर

पोखरा, ७ भदौ । रोटरी क्लव अफ पोखराले स्वास्थ्य सामग्रि सहयोग तथा वितरणको अभियानलाई जारि राखेको जनाएको छ । सहयाेगकाे लागि माग भइरहेकाे र क्लवले सकेकाे सहयाेगलाइ निरन्तर्ता दिएकाे बताएकाे छ । पछिल्लो क्रममा क्लवले पोखरा महानगरपालिका वडा नं १७ स्थित डेभिज फल यूथ क्ल्वलाई कोभिड १९ प्रि-आइसोलेसन सेन्टरको लागि एक थान कन्स्ट्रेटर र २ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । ति स्वास्थ्य सामग्रीहरु क्लवका अध्यक्ष नीर्मलप्रसाद कर्माचार्य र सचिव भूपालजंग कुँवरले डेभिज फल यूथ सेन्टरका संयोजक सुमन आले… पुरा पढौ

१९२० कोरोना सङ्क्रमित थपिए, २४ को मृत्यु

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण तथा ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट १ हजार ७ सय २ तथा एन्टिजेनबाट २ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ४८ सङ्क्रमित निको भएका छन् ।… पुरा पढौ

काेराेनाबाट बाँकेमा थप २ को मृत्यु

बाँके, ६ भदाै । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको उनले बताए । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना संक्रमण

कञ्चनपुर, ६ भदौ । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या… पुरा पढौ

बागलुङका व्यवसायीले पाए काेराेना खोप

बागलुङ, ५ भदौ । अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताए। “व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ”, उनले भने, “सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ ।” अत्यावश्यक सेवामा… पुरा पढौ