स्वास्थ्य

कामपाको ३२ वटै वडामा खोप केन्द्र

काठमाडौं, २२ साउन । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ । यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप… पुरा पढौ

कोरोना संक्रमित बढ्दै

उदयपुर, २२ साउन । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २ सय ५ मा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३ सय १५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित १ सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए। लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उनको भनाइ थियो। घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर… पुरा पढौ

भेरोसिलको दोस्रो डोज अभियान आजदेखि

काठमाडौं, २२ साउन । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान साउन २४ सम्म सञ्चालन हुनेछ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम)… पुरा पढौ

मास्क अभियान साउन २३ गतेदेखि सञ्चालन गर्ने : मन्त्रालय

काठमाडौं, २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि… पुरा पढौ

काठमाडौंले फर्काएको बिरामीको चरक मेमोरियलले गर्याे उपचार

पोखरा, २१ साउन । ‘जीवनको नयाँ अध्यायका लागि हार्दिक बधाई केशवजी ।’ जीवनको झिनो आशा बोकेर अस्पताल भर्ना भएका केशवप्रसाद सुनारले बिहीबार यही भाषाअंकित केक काटेर नयाँ जीवनको अध्याय सेलिब्रेसन गरे । बाँकी जीवनको सांकेतिक अर्थ दिने गरी अस्पतालले पनि उनलाई घडी उपहार दियो । किनकि बागलुङको गल्कोट नगरपालिका वडा २ का ४४ वर्षीय सुनारलाई अहिले पुनर्जीवन पाएको अनुभूत भएको छ । ११ वर्षदेखि बेल्जियम बस्दै आएका सुनार नेपाल आएको बखत गत वैशाख १८ (मे १) मा कोरोना संक्रमणको शिकार… पुरा पढौ

क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्र दिन शुरु, कसरी लिने सेवा ?

काठमाडौं, २१ साउन । सरकारले बिहिबारदेखि विद्युतीय खोप प्रमाणपत्र दिन थालेको छ । क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन शुरु भएपछि प्रमाणिकरणको लागि काठमाडौं धाउनु पर्ने वाध्यता टरेको छ । क्युआर कोडसहितको विद्युतीय खोपको प्रमाणपत्र लिनका लागि स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेको विवरणहरु अनलाइनबाट भर्न र माग गरिएका कगजपत्र अपलोड गर्न सकिने भएको छ । मन्त्रालयका अनुसार अनलाइनबाट रजिष्ट्रेशन गर्न अफ्ठेरो हुनेका लागि बिहिबारदेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर फाराम भर्न सकिने भएको छ । फाराम भर्नका… पुरा पढौ

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

काठमाडौं, २० साउन । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो । जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन शुरुमा गरिएको थियो… पुरा पढौ

सङ्क्रमितले भरिए झापाका अस्पताल

झापा, २० साउन । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताए। अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । ५ वटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा… पुरा पढौ

मनाङ बन्याे कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला

मनाङ, १९ साउन । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उहाँका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड… पुरा पढौ

उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा-के गर्न पाइने, के नपाइने ?

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो । यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न… पुरा पढौ