स्वास्थ्य

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट उद्घाटन

वाग्मती, ३१ साउन । उद्योग संघ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आइतबार अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १ सय २० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे। मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए। ५० शय्याको अस्पताललाई तीनसय श्याको बनाएको र अब चाडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उनले बताए। ३ मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु… पुरा पढौ

मुलुकभर निषेधाज्ञा थप कडाइ गरिँदै

काठमाडौं, ३० साउन । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्छन्, “राति बीच… पुरा पढौ

लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुने

काठमाडौं, ३० साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब ५ महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब… पुरा पढौ

कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त हुँदै

काठमाडौं, ३० साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र सुदृढीकरण भएको छ । “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल प्रारम्भिक देशहरूमध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु”, स्वास्थ्य… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा थालियो खोप अभियान, एक हजार खोप लगाईयाे

पोखरा, २९ साउन । गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो । औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औधोगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् । औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई… पुरा पढौ

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

बेइजिङ, २९ साउन । चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताए । चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका… पुरा पढौ

नेपालमा बल्ल १५ प्रतिशतलाई खोप

काठमाडौं, २८ साउन । नेपालमा कूल जनसंख्याको १५ प्रतिशत जनसंख्याले कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । त्यसमध्ये ९ प्रतिशतले दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराए। बिहीवार प्रतिनिधिसभा बैठकमा समय लिएर राज्यमन्त्री श्रेष्ठले ४५ लाख ७० हजारले पहिलो मात्रा खोप पाएको जानकारी गराए । यो संख्या कूल जनसंख्याको १५.५ प्रतिशत हो । २८ लाख ८८ हजार अर्थात् ९ प्रतिशत जनसंख्याले दुवै डोज खोप लगाएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले आगामी दिनमा काठमाडौं… पुरा पढौ

रोटरी क्लव अफ पोखराले भलाम स्वाथ्य चौकिलाई दियो अक्सिजन सिलिण्डर र कन्स्ट्रेटर

पोखरा, २८ साउन । रोटरी क्लव अफ पोखराले आवश्यक परेका ठाउँ, संस्था र कार्यालयहरुमा स्वास्थ्य सामगी सहयोगको कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लवले पोखरा महानगरपालिका वडा नं २० भलामस्थित स्वास्थ्य चौकिलाई २ थान अक्सिजन सिलिण्डर र १ थान कन्स्ट्रेटर सहयोग गरेको छ । क्लवका सचिव भूपालजंग कुँवरले ति सामगी स्वास्थ्य चौकिका इन्चार्ज विष्णुराज घिमिरेलाई हस्तान्तरण गरेका हुन । क्लवले अत्यावश्यक भएका ठाउँ तथा कार्यालयहरुमा यसपकारको सहयोगलाई निरन्तर दिईरहेको सचिव कुँवरले बताए । पुरा पढौ

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, २७ साउन । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा… पुरा पढौ

३ दिनभित्र खोप देऊः पर्यटन व्यवसायी

काठमाडौं, २७ साउन । पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्। कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने,… पुरा पढौ