स्वास्थ्य

एक करोड ७३ लाख ३० हजार लागतमा वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना

कर्णाली, २९ असार । वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो । पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । उनका अनुसार रु एक करोड ७३ लाख… पुरा पढौ

अमेरिकाले पठाएको १५ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । संयुक्त राज्य अमेरिकाले नेपालाई अनुदानस्वरुप १५ लाख कोरोनाविरुद्ध खोप उपलब्ध गराएको छ । सो परिणामको डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार राजधानी काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । सो अवसरमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल सरकारका स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । पुरा पढौ

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट फेला

पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ ।स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमुनाहरुमध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको हो । यो नयाँ भेरियन्ट पहिला… पुरा पढौ

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण

काठमाडौं, २७ असार । देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००÷१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले राससलाई जानकारी दिए । कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले औषधीय… पुरा पढौ

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आउने

वाशिङ्टन डिसी, २७ असार । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र… पुरा पढौ

भारतमा कोरोनाबाट दैनिक मृतकको संख्यामा वृद्धि

काठमाडौं, २६ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण १ हजार २ सय ६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि १ दिनमा ९ सय ११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ७ हजार १ सय ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप… पुरा पढौ

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी’

काठमाडौं, २६ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताएकी छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उनले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्नका लागि निर्देशन दिइएको जानकारी दिइन्। मन्त्री बस्नेतले ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने बताए। हामी सबैको लक्ष्य खोप भएकाले सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउनका लागि २… पुरा पढौ

डा.राजन शर्माको अध्यक्षतामा चिकित्सक संघ गण्डकीको नयाँ समिति निर्विरोध

काठमाडौं, २६ असार । नेपाल चिकित्सक संघ गण्डकीको २०७८-२०८१ को कार्यकारीणि समितिको सम्पन्न निर्वाचनबाट डा.राजन शर्माकाे अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरिएको छ । नवनिर्वाचित नेपाल चिकित्सक संघ, गण्डकीको कार्यकारीणि समितिको अध्यक्षमा डा.राजन शर्मा, वरिष्ठ उपाध्यक्षमा डा.सुनिल पनेरु, उपाध्यक्षमा डा.कृष्णचन्द्र रिजाल, सचिवमा डा.सुशिल तिमिल्सिना, कोषाध्यक्षमा डा.ईश्वर शर्मा कँडेल, सह-सचिवमा डा.नवराज लमडारी, सह-कोषाध्यक्षमा डा.चिरायू नारायण भारी रहेका छन् । सदस्यहरुमा डा.जयन्तराज वन्त, डा.विष्णु ज्वारचन, डा.पुजन शर्मा, डा.नुवादत्त सुवेदी, डा.अर्जुन भट्टराई र डा.विष्णु भण्डारी चयन भएका प्रमुख निर्वाचन अधिकृत डा.माधव बाबु तिवारीले… पुरा पढौ

सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौंतारिदै

धनुषा, २५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ । जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७… पुरा पढौ

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

काठमाडौं, २५ असार । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए । सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार… पुरा पढौ