स्वास्थ्य

तत्काल खोप व्यवस्था गर्न कास्कीका ५ दलकाे माग

पोखरा, २८ जेठ । कास्कीका ५ राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् । कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना… पुरा पढौ

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ। गत मंगलबारदेखि सुरु खोप कार्यक्रम स्थगित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप उपलब्ध गराउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए। महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले महानगरलाई ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपनि २८ हजारमात्र उपलब्ध गराउँदा समस्या भएको उनको भनाइ छ। महानगरपालिकाले पाँच दिन खोप लगाउने भन्दै… पुरा पढौ

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

वासिङ्टन, २७ जेठ । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गर्नु भएको छ । कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस… पुरा पढौ

लक्षित समूहबाहेक अन्यलाई खोप लगाए कारवाही

कञ्चनपुर, २७ जेठ । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन… पुरा पढौ

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २७ जेठ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण… पुरा पढौ

प्रवासीले पठाए स्वास्थ्य सामग्री

काठमाडौं, २७ जेठ : रोजगारीको लागि विभिन्न देश पुगेका ओखलढुङ्गाका नागरिकले विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। उनीहरुले रकम संकलन गरेर किनेको आइसियु बेड र अक्सिजन सिलिन्डर जिल्ला पठाएका हुन्। प्रवासीले जुटाएको रकमबाट खरिद गरिएको ४० थान अक्सिजन सिलिण्डर गाउँपालिका तथा नगरपालिकामा हस्तान्तरण भएको छ। यस्तै चार स्थानीय तहले अक्सिजन सिलिण्डर गाउँपालिका केन्द्र लगेका उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए। उनले सबै तहका अस्पतालमा अक्सिजन सिलिण्डर जडान गर्ने बताए। बेलायतमा कार्यरत पूर्व नेपाल प्रहरीका डिएसपी शिवजी श्रेष्ठको संयोजकत्वमा रहेको कोभिड-१९… पुरा पढौ

भारतमा १८ हात्तीको कोरोना परीक्षण

चेन्नई, २६ जेठ । भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका… पुरा पढौ

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोकाे सहयोग

पोखरा, २६ जेठ । अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा–४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै सङ्क्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने बताए । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताए । हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न सङ्घसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग… पुरा पढौ

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन्। चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्। वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। वडा ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने… पुरा पढौ

५ हजार सङ्क्रमित थपिए, साढे ६ हजार निको

काठमाडौं, २५ जेठ । मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ ।… पुरा पढौ