स्वास्थ्य

कोरोनाबाट विश्वभर करिब १८ करोड संक्रमित, कुन-कुन हुन् अत्यन्त प्रभावित १५ देश ?

काठमाडाै‌, ८ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८७ लाख ८८ हजार २४७ जना रहेकाे छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । सिन्ह्वा पुरा पढौ

रोकिएनन् विवाह भोज, गाउँभर संक्रमित

बागलुङ, ८ असार । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका… पुरा पढौ

कोरोना निको हुनेदर हालसम्मकै उच्च

काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो। सोही अबधिमा ६ हजार ५ सय ८३ को पिसिआर र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा १ हजार र एन्टिजेनमा ७ सय १३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै… पुरा पढौ

सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

काठमाडौं, ७ असार । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । सो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्णमा सचेत गराएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूना भारतको नयाँ दिल्लमिा परीक्षणको लागि पठाइकोमा जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्ना भेरियट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको छ । ४७ डेल्टा भेरियन्ट पुष्टिमध्ये ९ मा थप उत्परिवर्तन सहित नयाँ… पुरा पढौ

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं, ७ असार । काठमाडौंको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौं महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ । तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गरे । कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना… पुरा पढौ

चीनले लगायो एक अर्ब डोज खोप

बेइजिङ, ६ असार । चीनले आजसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर… पुरा पढौ

निःशुल्क एन्टीजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

काठमाडौं, ६ असार । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ । अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको… पुरा पढौ

पशुपति क्षेत्रका खुला स्थानमा गुर्जोरोपण अभियान

काठमाडौं, ५ असार । पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरु भएको छ । अभियानको पहिलो दिन पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले गुर्जो बहुउपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए । गुर्जोरोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला… पुरा पढौ

नेपालमा थपिए २ हजार ४ सय कोरोना संक्रमित

काठमाडौं, ५ असार । नेपालमा थप २ हजार ४ सय जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः १ हजार ६ सय ८८ र ७ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६ सय ३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५… पुरा पढौ

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री सहयाेग

काठमाडौं, ५ असार । डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पु¥याउन उक्त सामग्री उपलब्ध गराएका हुन् । डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् । ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री… पुरा पढौ