स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

जेनेभा, २५ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । “मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ… पुरा पढौ

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको… पुरा पढौ

विएसपी नेपालकाे झण्डै २ करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २५ जेठ । विएसपी नेपालले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई १ करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई… पुरा पढौ

स्याङजामा २० लाखमा बन्यो मिनि अक्सिजन प्लान्ट

स्याङजा, २५ जेठ। स्याङजामा झण्डै २० लाख लागतमा मिनि अक्सिजन प्लान्ट निर्माण गरिएको छ। महावीर पुन नेतृत्वको राष्टिय आविष्कार केन्द्रले २० लाख लागतमा नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्ट निर्माण गरि अक्सिजन उत्पादन थालेको छ। भिरकोट नगरपालिका र आविष्कार केन्द्रले संयुक्त लगानीमा प्लान्ट निर्माण गरेको केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए। निर्माण गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ। केन्द्रले वैकल्पिक प्रविधिबाट मिनि अक्सिजन प्लान्ट निर्माण गरेको जनाएको छ। अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि… पुरा पढौ

६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा आजदेखि

काठमाडौं, २५ जेठ । सरकारले मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध चीनले बनाएको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा दिन लागिएको हो । खोप लगाउन जाने नागरिकले आफ्नो उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित खोप केन्द्रमा जानुपर्नेछ। पुरा पढौ

एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २५ जेठ । गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए । सङ्घ… पुरा पढौ

भारतमा घटेकै हो संक्रमित दर ?

काठमाडाै‌, २४ जेठ । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सबैभन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ । त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको… पुरा पढौ

कोभिशिल्डको दोस्रो मात्राको विकल्पमा एस्ट्राजेनिका

काठमाडौं, २४ जेठ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए। उनले कोभिशिल्ड र एस्ट्राजेनिका… पुरा पढौ

बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइने

काठमाडौं, २४ जेठ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ । नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र… पुरा पढौ

बूढानीलकण्ठमा खोप तयारी

काठमाडौं, २४ जेठ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहलाई ३ दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ। नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। ती खोप गणेश मावि वडा २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा ९, मण्डिखाटार र बालउद्धार मावि वडा १०,… पुरा पढौ