स्वास्थ्य

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्ने तयारी

बागलुङ, २२ जेठ । कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ। जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष (एनआइसियु… पुरा पढौ

टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा

टीकापुर, २२ जेठ । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् । दश दिनअघि अस्पतालमा बच्चा जन्माएकी महिलाको शिशुमा समेत स्वास्थ्य समस्या देखिएको थियो तर बच्चाको कोरोना परीक्षण गर्दा सङ्क्रमित थिएन । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमितलाई सुत्केरी सेवा दिन छुट्टै प्रसूति कक्ष तयार छैन । तर महिलालाई व्यथा लागेर आएकाले अस्पतालले छुट्टै राखेर सेवा दिएको कोरोना फोकल पर्सन डाक्टर रमेश उपाध्यायले बताए… पुरा पढौ

संक्रमितभन्दा निको हुने धेरै : सक्रिय संक्रमित १ लाखभन्दा कम

काठमाडौं, २२ जेठ । पछिल्लो समय कोरोना संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो १० दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ६५३ मा संक्रमण पुष्टि हुँदा ८ हजार ६६३ निको भएका छन् । यस्तै बुधबार ५ हजार ३१६ जना संक्रमित थपिँदा ७ हजार २१९ जना निको भएका छन् । यसैगरी १८ गते ६ हजार ८५ मा संक्रमण पुष्टि हुँदा ६ हजार ८९८… पुरा पढौ

काठमाडौं महानगरको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौं, २२ जेठ । काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । उक्त उमेर… पुरा पढौ

कोका–कोला फाउन्डेसनद्वारा अक्सिजन युनिट स्थापना गर्न क्रियसनलाई सहयोग

काठमाडौं, २० जेठ । कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणमध्ये एक हो । यो रकम कोका–कोला फाउन्डेसनले रेडक्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो । यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिट नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले… पुरा पढौ

काभ्रेमा शव व्यवस्थापन तयारी शुरू

काभ्रेपलाञ्चोक, २१ जेठ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव काभ्रे जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव व्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जिल्लामा शव व्यवस्थापन गर्न यसअघि वैकल्पिक तयारीको निर्णयसमेत गरेको छ । “जिल्लामै मृत्युदर बढ्दै गए तथा काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक रुपमा शव… पुरा पढौ

राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता

भक्तपुर, २१ जेठ । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ । सरकारले साविक झौखेल गाविसको वडा नम्बर ३ को ६ रोपनी १ आना २ पैसा, सोही ठाउँको २५ रोपनी ५ आना २ पैसा गरी करिब ३२ रोपनी क्षेत्रफलको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति… पुरा पढौ

कोरोना खोप लगाएपछि ‘नपुंसक’ भइन्छ? सत्य के हो, अफवाह के हो?

कोभिड-१९ को संक्रमणबाट बच्नको लागि अहिले भ्याक्सिनलाई निकै महत्वपूर्ण मानिएको छ। कोरोनाबाट बच्न भ्याक्सिनको दुई डोज लिनैपर्छ। दुई डोजको बीचको समय अहिले बढाइएको पनि छ। भ्याक्सिनको बारेमा केही अफवाह पनि फैलाइएको छ। के सत्य हो त? भ्याक्सिन लिएपछि नपुंसक भइन्छ? यो गलत कुरा हो। कोरोना भ्याक्सिनले भाइरसलाई बाँझो बनाउछ मानिसलाई होइन। यस्तो हल्ला नयाँ भ्याक्सिन आउँने बेला जहिले फैलिन्छ। तर पछि यो गलत साबित हुन्छ। कोरोना भ्याक्सिनको बारेमा पनि यस्तै अनर्गल कुरा बाहिर आएका छन्। यस्तो हल्ला फिँजाउनेलाई कारवार्ही गर्नुपर्छ।… पुरा पढौ

सचेतनाले संक्रमण दर घट्दै

डाेटी, २१ जेठ । पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए। उनका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा… पुरा पढौ

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं, २० जेठ । अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेपालसहित १६ एसियाली मुलुकलाई ७० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भियतनाम, थाइल्याण्ड, श्रीलंका, अफगानिस्तान, इन्डोनसिया, मलेसिया फिलिपिन्स, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्याण्ड गरेर १६ एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने निर्णय भएको ह्वाइट हाउसले जनाएको छ । यससँगै अमेरिकाले विश्वभर २… पुरा पढौ