स्वास्थ्य

६,८२५ थपिए, झण्डै ६ हजार सङ्क्रमित डिस्चार्ज

काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् । नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा… पुरा पढौ

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

काठमाडौं, २० जेठ । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरे । त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे । पुरा पढौ

जुम्लाको रावतबाडा सिल

जुम्ला, २० जेठ । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले जेठ १९ देखि २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। उनका अनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै जोडिएका गाउँ हुन्… पुरा पढौ

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार शुरु

जाजरकोट, २० जेठ । स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ । सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ ।… पुरा पढौ

कोरोनाबाट प्रदेश १ मा २२ जनाको मृत्यु

मोरङ, १९ जेठ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा ९ महिला र १३ पुरुष रहेका छन् । मोरङमा ८ जनाको मृत्यु भएको छ भने झापाका ५, सुनसरीका ३, धनकुटाका २ र उदयपुरमा १ जना तथा प्रदेश बाहिरका ३ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ। नोबेल शिक्षण… पुरा पढौ

कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) सञ्चालनमा

काठमाडौं, १९ जेठ । सरकारले–युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ”, उनले भने, “पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौ ।” अस्पतालले केही दिनमा सय शय्या… पुरा पढौ

चीनकाे अज एस्किलपियसले दिएकाे १०० थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो

काठमाडाैं, १९ जेठ । चिनको शंघाइमा रहेको प्रशिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनियाँ कम्युनिष्ट पार्टीमार्फत नेपाल भित्रिएको छ ।  कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले उल्लेखित अत्याधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो । कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सिपिसी मार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइ सकिएको जनाएका छन् । गत जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिष्ट पाटीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता… पुरा पढौ

संक्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

काठमाडौं, १९ जेठ । देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो । एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए ।… पुरा पढौ

विश्वभर १५ करोड ४४ लाख २९ हजारले जिते कोरोना

काठमाडौं, १९ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आजसम्म १५ करोड ४४ लाख २९ हजार २०२ जना मानिस निको भएका छन् । १७ करोड १९ लाख ३९ हजार ९२५ जना संक्रमित भएका छन् भने ३५ लाख ७५ हजार ७९९ जनाको ज्यान गएको छ । हालसम्म २२० देश तथा उनीहरुका अधिनस्त क्षेत्रहरु कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् । अमेरीका : ससारमा सबैभन्दा बढी संयुक्त राज्य अमेरीका कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको छ । अमेरीकामा ३ करोड ४१ लाख ३६ हजार… पुरा पढौ

मानिसमा समेत बर्डफ्लुको नयाँ भेरियन्ट !

काठमाडौं, १९ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पहिलो पटक देखिएको चीनमा पुनः बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखा परेको छ । त्यहाँका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । चीनको जियान्सु प्रान्तमा बस्ने ती पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् । बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा… पुरा पढौ