स्वास्थ्य

उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएका हुन्। मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको… पुरा पढौ

रुकुममा अक्सिजन प्लान्ट जडानको काम अनिश्चित

रुकुम पश्चिम, १९ जेठ । जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ। अक्सिजन प्लान्ट जडानको लागि आवश्यक पाईपलाईन र भण्डार ट्यांक नभएपछि प्लान्ट जडानको काम अनिश्चित बनेको हो। प्लान्ट जडानको काम अनिश्चित बनेपछि अक्सिजन मेसिन भने दुई महिनादेखि अस्पतालमै अलपत्र छ। अस्पतालले अक्सिजन पाईपलाईन फिटिङसहित भण्डार ट्यांक खरिदका लागि आवेदन दिन जेठ १० गते ७ दिनको सूचना निकालेको थियो। तर त्यो सूचना अनुसार कसैको पनि निवेदन प्राप्त नभएको अस्पतालले जनाएको छ। यसले क्सिजन प्लान्ट जडानको काम… पुरा पढौ

भारतपछि नेपालका संक्रमितमा ब्ल्याक फङ्गसको समस्या देखियाे, कस्तो छ असर ?

काठमडौं, १९ जेठ। कोरोना भाइरस (कोभिड-१९) संक्रमितमा औषधि प्रतिरोधी डरलाग्दो ब्ल्याक फङ्गस (कालो ढुसी) को संक्रमण देखिन थालेको छ। क्यान्डिडा अरिस नामक ढुसीले संक्रमितलाई थप समस्या पार्ने गरेको चिकित्सकले बताएका छन्। सुरुवाती दिनमा भारतमा देखिएको यो समस्या विस्तारै नेपालमासमेत देखिन थालेको छ। चिकित्सकका अनुसार यो ढुसी विश्वभरका क्रिटिकल केयर युनिटमा फेला पर्ने सूक्ष्मजीव हो। यसको संक्रमण भएपछि ७० प्रतिशत मृत्युदर हुने अनुमान गरिएको छ। यो ढुसीले कोरोना बिरामीका आँखा बिगार्ने घातक काम गरेको अनुसन्धानबाट देखिएको छ ।भारतमा कोरोनाको दोस्रो लहर… पुरा पढौ

एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर

झापा, १९ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख… पुरा पढौ

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग

भक्तपुर, १९ जेठ । दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ । प्याब्सन भक्तपुरले कोभिड सङ्क्रमित प्याब्सन आबद्ध प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारीका लागि ‘कोभिड राहत कोष’ स्थापना गरेको छ । प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष डिल्लीराज जोशी सदस्य–सचिव तथा उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, प्याब्सन भक्तपुर नगरध्यक्ष रमेशचन्द्र श्रेष्ठ,… पुरा पढौ

डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

दमौली, १९ जेठ । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन,… पुरा पढौ

मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले ३०० शैयाको कोभिड केयर युनिट बनाउने

काठमाडौं, १८ जेठ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि बनाइएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० शैयाको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिए । निरीक्षण अनुगमनमा उनीसंगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित थिए । मन्त्री… पुरा पढौ

चिनियाँ अनुदानको खोप नेपाल आउन सुरु

काठमाडौं, १८ जेठ। चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको दुई लाख डोज काठमाडौं आइपुगेको छ। सोमबार राति चीनको कुनमिङ गएको हिमालय एयरलाइन्सको कार्गोले आज बिहान भेरो सेलको दुई लाख डोज लिएर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरिसकेकाे छ । मंगलबार र बुधबार तिब्बतको कुनमिङमा चार पटक उडान गरी चीनले अनुदानमा दिएको थप खोप ल्याउने एयरलाइन्सले जनाएको छ। बढीमा १०५ वटा खोपको बाकस ल्याउन सक्ने विमानले दुई लाख डोज खोप ४ सय १७ बाकसमा ल्याउने छ। यसका लागि दुई करोड २५ लाख… पुरा पढौ

रसुवा नाकाबाट भित्रियो चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर

काठमाडौं, १८ जेठ। रसुवागढी नाकाबाट चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रिएको छ। चीन सरकारले अनुदानमा दिएको १५ सय अक्सिजन सिलिन्डर मंगलबार नेपाल भित्रिएको हो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीमा अक्सिजन सिलिन्डर र एन नाइन्टीफाइभ मास्क सीमानाकामा आइपुगेकाे छ । चीनले अनुदानमा पठाएको अक्सिजन सिलिन्डर र मास्क स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनले यी सामग्री औ स्वास्थ्य मन्त्रालयमा पठाइने बताए। गएको १५ महिनादेखि अन्य सामग्री समेत चिनियाँ गाडीले… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

पोखरा, १८ जेठ । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ। जेठ २३ गतेदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने भएकाे हाे। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए । यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट… पुरा पढौ