स्वास्थ्य

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा, २१ वैशाख । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुष हुन् । गत वैशाख १७ मा कोरोना संक्रमण पुष्टि भएकोमा उनको मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । २ दिनअघि गण्डकीमा एकै दिन ८ जनाको ज्यान गएको थियो । पुरा पढौ

असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

पाँचथर, २१ वैशाख । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए । याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले… पुरा पढौ

आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौं, २१ वैशाख । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी… पुरा पढौ

होमआइसोलेशनमा रहेका तथा कोभिड नभएकालाई ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु

काठमाडौं, २१ वैशाख । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको जानकारी दिए । “उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु… पुरा पढौ

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

काठमाडौं, २१ वैशाख । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए । विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न, नगराउन तथा तोकेको खुद्रा… पुरा पढौ

पत्रकार महासंघ कास्कीले बाँड्यो पत्रकारलाई स्वास्थ्य सामाग्री

पोखरा, २१ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार पत्रकार महासंघ सदस्यलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस अवसर पारेर आयोजित कार्यक्रममा कोभिड–१९ का कारण अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सुरक्षाको लागि सेनिटाइजर र मास्क करिब २ सय पत्रकारलाई दिइएको थियो । स्वास्थ्य सामाग्री र परिचयपत्र पाउन छुटेका पत्रकारहरुले पत्रकार महासंघकै कार्यालयबाट अनुकुल समयमा लिन सक्ने महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् । उनले दिवस अवसरमा राष्ट्रियता, लोकतन्त्र, नागरिक… पुरा पढौ

५५० पत्रकारलाई सङ्क्रमणः सातको निधन

कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरे । विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ… पुरा पढौ

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

काठमाडौँ, २० वैशाख । वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल र स्कुलसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधाज्ञा नै जारी गर्यो । बागलुङ्का प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की उक्त घटना स्मरण गर्दै भन्छन्, “हामीले ‘चेन ब्रेक’ गर्न तत्कालै उक्त निर्णय गरेका थियौँ, त्यो सफल भएको अनूभूति पनि छ ।” उनका अनुसार अहिले जिल्लामा सक्रिय सङ्क्रमित… पुरा पढौ

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

महोत्तरी, २० वैशाख । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् । गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको… पुरा पढौ

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपुर, २० वैशाख  । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच… पुरा पढौ