स्वास्थ्य

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए । “महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको… पुरा पढौ

निषेधाज्ञा : ४० जिल्लामा पूर्ण, १२ मा आंशिक आदेश जारी

काठमाडौं, २२ वैशाख । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । हालसम्म ४० जिल्लामा पूर्ण तथा १२ जिल्लामा आंशिक रूपले आदेश जारी गरिएकाे छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्य तनहुँ र… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना

पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसो रिपोर्ट पोजेटिभ आएको हो। यसअघि मंगलबार आरडिटी (र्‍यापिड डाइनोस्टिक टेस्ट) गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो । पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे । उनले भने, ‘माननीयज्यू हिजो (मंगलबार) अस्पताल भिजिटमा आउनुभएको थियो । कुराकानीका क्रममा टाउको दुखेको भनेपछि आरडिटी गरिएकोमा पोजेटिभ देखिएको थियो । पछि स्वाब संकलन… पुरा पढौ

बाँकेमा थप २ सङ्क्रमितको मृत्यु

बाँके, २२ वैशाख । बाँकेमा उपचारका लागि भर्ना भएका थप २ कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११.४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका २७ वर्षीय पुरुषको… पुरा पढौ

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

कास्की, २२ वैशाख । कास्कीको माछापुच्छे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए । स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो । गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको… पुरा पढौ

बुटवलमा अक्सिजन बैंक स्थापना : सेवा निःशुल्क

बुटवल, २१ वैशाख । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका सङ्क्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका सङ्क्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट… पुरा पढौ

अभाव हुन नदिन चीनबाट २० हजार सिलिन्डर आउँदै

काठमाडौं, २१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।” मन्त्रालयले… पुरा पढौ

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै उच्च ३१० संक्रमित

पोखरा, २१ वैशाख । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा गएको २४ घण्टामा ९ सय ३ पिसिआर परीक्षणमा ४ सय २९ संक्रमित भेटिएका हुन् । प्रदेशका अन्य जिल्लाका तुलनामा कास्कीमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो सहित कास्कीमा हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको… पुरा पढौ

सेती प्रादेशिक अस्पतालमा थप ६ सङ्क्रमितको मृत्यु

कैलाली, २१ वैशाख । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् । महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक… पुरा पढौ

कास्कीमा एकै दिन थपिए १४४ संक्रमित, सक्रिय संक्रमित झन्डै १५ सय पुगे

पोखरा, २१ वैशाख । कास्कीका एकै दिनमा १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । यो सहित गण्डकी प्रदेशभर १ सय ६१ संक्रमित थपिँदा कुल संक्रमित संख्या १९ हजार ५ सय ८५ पुगेको छ । पोखराको न्यूरोडस्थित लाइफ केयर डायग्नोस्टिकमा भएको परीक्षणमा कास्कीमा थप १ सय ४४ संक्रमित थपिन पुगेका हुन । कास्कीमा सोमबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १५ थियो । पोखरामा मंगलबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला… पुरा पढौ