स्वास्थ्य

पाेखरामा पहिलोपटक ‘इन्टरनेशनल योगा फेस्टिवल’ हुँदै

पोखरा, १ पुस । पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ । पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी,… पुरा पढौ

पश्चिमाञ्चल माविकाे रक्तदानमा ३५ यूनिट रगत संकलन

पोखरा, २९ मंसिर । गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले वार्षिकोत्सव अवसरमा विद्यालयले हरेक वर्ष रक्तदान सहित विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामि दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले रक्तनाथ कार्यक्रम… पुरा पढौ

चितवन कारागारमा १ सय कैदीबन्दी बिरामी, औषधि खरिद गर्न समस्या

नारायणगढ (चितवन), २९ मङ्सिर । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने। कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा… पुरा पढौ

भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

भोजपुर, २७ मङ्सिर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए। भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उनको विश्वास छ । सेवा सञ्चालन गर्न दुई अनमी… पुरा पढौ

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन मन्त्री बस्नेतकाे निर्देशन

काठमाडौं, २४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिए। मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उनले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए।… पुरा पढौ

स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र र ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट डा बुद्धि सम्मानित

पोखरा, २४ मंसिर । युआरएल फाउण्डेशन, नेपालले युआरएल स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा एभरेष्टकर्मि पत्रकार दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार अर्पण गरेको छ । यस्तै युआरएलले नेपालको जनस्वास्थ्य क्षेत्रमा ४० वर्ष बढी सेवा गरेका र हाल पनि सेवामै आवद्ध रहेका प्राडा.बुद्धि बहादुर थापालाई पहिलो पटक 'लाइफ टाइम एचिभमेन्ट अवार्ड २०८०' अर्पण गरेको छ । श्रेष्ठ एभरेस्ट एफएमका कार्यकारी निर्देशक, एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन्। उनलाई नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्र… पुरा पढौ

सजिलै स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक : मन्त्री बस्नेत

धुलिखेल, २३ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताए । स्वास्थ्य सेवा सबैमा पु¥याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित… पुरा पढौ

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक: स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, २२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित अन्तरक्र्रिया कार्यक्रममा उहाँले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य… पुरा पढौ

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

काठमाडौं, १५ मङ्सिर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार… पुरा पढौ

सामाजिक सुरक्षा काेषका याेगदानकर्तालाई सेवा दिए बापत पाेखराकाे ग्यालेक्सी हस्पिटल सम्मानित

पाेखरा, १४ ,मंसिर। सामाजिक सुरक्षा काेषका याेगदानकर्तालाई सेवा दिए बापत पाेखराकाे ग्यालेक्सी हस्पिटल सम्मानित भएकाे छ । छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा अायाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ठ याेगदान दिएकाे भन्दै ग्यालेक्सी हस्पिटललाइ सम्मान गरेका हुन। साे अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले प्रसंशापत्रसहित सम्मान ग्रहण गरेका थिए। याे महत्वपुर्ण सम्मान प्राप्तीका लागि अहोरात्र खटेर स्वास्थ्य सेवा प्रदान गर्नु हुने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी हरुलाई हस्पिटल ब्यबस्थापनले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेकाे छ । साथै हस्पिटलले आगामी दिनमा थप… पुरा पढौ