काठमाडौं, १३ पुस । काठमाडौं महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको बताए। “वडामा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकी वीमितको उपचारका लागि तोकेका छौँ”, उनले भने, “३२ वडामध्ये २४ वटा वडामा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र बाँकी…
पुरा पढौ