स्वास्थ्य

वीर अस्पतालले बर्न वार्ड सञ्चालन गर्ने

काठमाडौैँ, ६ फागुन । वीर अस्पतालमा अब ‘बर्न वार्ड’ सञ्चालन हुने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले ३ महिनाभित्रमा वार्ड सञ्चालनमा ल्याउने बताएका हुन । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि बर्न सेवा बन्द भएको थियो । “३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष, शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार यहा नै गर्नेछौँ ।” अस्पतालले नयाँ भवनमा याे वार्ड सञ्चालन गर्ने पाैडेलले बताए । स्वास्थ्य तथा… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डले ६ महिनामा गर्याे ७ अर्ब दावी भुक्तानी

काठमाडौं, ५ फागुन । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको शुरुवाती ६ महिनामा ७ अर्ब हाराहारी रकम भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ५ पटक गरी ६ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबरको दावी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो । बोर्डको सञ्चालक समितिको गत माघ १८ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दावी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बोर्डले ३३३ वटा सेवा… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित १५ पुगे

काठमाडौं, ५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार ३ सय जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३४६ जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा तथा ९५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट कुनै कोरोना सङ्क्रमित निको भएर घर फर्केका छैनन् । कोरोना भाइरसको… पुरा पढौ

४ कोरोना सङ्क्रमित थपिए, २ जना डिस्चार्ज

काठमाडौं, ४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार ६६३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४७१ जनाको पीसीआर परीक्षण गरिएकामा ४ जनामा तथा १ हजार १९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना… पुरा पढौ

जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध

काठमाडौं, ४ फागुन । जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप हस्तान्तरण गरे। कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा राजदूत डा प्रिन्जले मन्त्री गिरीलाई तीन लाख ४५ हजार मात्रा खोप हस्तान्तरण गरेहो । जर्मन सरकारले विभिन्न चरणमा १५ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यही फागुन १ गते तीन लाख ४५ हजार मात्रा बुस्टर डोजका लागि फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपाल आएको थियो… पुरा पढौ

३ कोरोना सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, ३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट २२४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २२३ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा १ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

४ कोरोना सङ्क्रमित थपिए, २ जना डिस्चार्ज

काठमाडौं, २ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार ५४४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २०९ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा १ हजार ३३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित ६ मा झरे

काठमाडौं, १ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ५४९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ५४७ जनाको पीसीआर परीक्षण गरिएकामा १ जनामा तथा २ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

नेपाल आइपुग्यो ३ लाख ४५ हजार मात्रा बाइभ्यालेन्ट खोप

काठमाडौं, १ फागुन । फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को ३ लाख ४५ हजार मात्रा खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको  सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा ४ चरणमा उपलब्ध गराइने… पुरा पढौ

कोरोनाका २ नयाँ सङ्क्रमित थपिए

काठमाडौं, २९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार ५६४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३१५ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा १ हजार ३४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट कुनै कोरोना सङ्क्रमित निको भएर घर फर्केका छैनन् । कोरोना… पुरा पढौ