अन्तर्राष्ट्रिय 🗺

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तान, २४ चैत । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो । एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको… पुरा पढौ

एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित

बेइजिङ, २४ चैत । सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा बीमा, प्रमुख रोग बीमा र चिकित्सा सहायतासहितको तीन तहको स्वास्थ्य सेवा सुरक्षा प्रणाली स्थापना गरेको छ । आधारभूत चिकित्सा बीमाद्वारा सेवा लाभ गरेका करिब एक अर्ब व्यक्तिहरू पनि प्रमुख रोग बीमाद्वारा लाभान्वित भई अतिरिक्त शुल्कबाट मुक्त भएका छन् । हाल, कुनै निश्चित क्षेत्रमा… पुरा पढौ

विश्व बैङ्कद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन

काबुल २३ चैत । विश्व बैङ्ले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ । बैङ्कले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ । अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताइन्।… पुरा पढौ

भारतमा मुद्रास्फितिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने

मुम्बई, २३ चैत  । भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको सङ्केत दिएका छन् । भारतमा मुद्रास्फिति घट्दो क्रममा छ, तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । सरकारले देशका विभिन्न भागमा… पुरा पढौ

नको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : येलेन

गान्झाओ, चीन, २२ चैत । चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताएकी छन्। एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुगेकी हुन्। उनले भनिन् “चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई… पुरा पढौ

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

सिड्नी, २३ चैत । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् । बर्ष र बाढीको प्रकोप बढ्दै गएकाले आगामी केही घन्टाहरूमा रद्द भएका उडानको सङ्ख्या बढ्ने देखिएको छ । सिड्नी विमानस्थलका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बाढी आएपनि रनवेहरू खुला रहेको पुष्टि गर्नुभयो, तर यात्रुहरूले समय बित्दै जाँदा थप ढिलाइ हुने विषयमा विश्वस्त देखिन्छन् । प्रवक्ताले आँधीबेहरीका कारण… पुरा पढौ

अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा

एन्कोरेज, २२ चैत । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो । चीनमा रहँदा उनले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् । यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरु हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछिन्।… पुरा पढौ

बाइडेन, नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता

गाजा पट्टि, २२ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ । अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गरे। गाजामा भोकमरीको स्थिति उत्पन्न भएको जनाउँदै इजरायली समन्वयमै वल्र्ड किचेनले समुद्री मार्गबाट भित्र्याएको सहायता सामग्री गाजामा वितरण गर्न थालेको थियो । एक जना अमेरिकी अधिकारीले बाइडेन र नेतान्याहुबीच बिहीबार टेलिफोन… पुरा पढौ

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

किभ, २२ चैत । रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए । उनले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा… पुरा पढौ

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

वासिङ्टन डीसी, २१ चैत । विश्व बैङ्कका अनुसार सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ । दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले “छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल… पुरा पढौ