अन्तर्राष्ट्रिय 🗺

यमनमा डुँडा दुर्घटना हुँदा २१ जनाको मृत्यु

साना, २४ फागुन । यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।… पुरा पढौ

कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

दोहा, २३ फागुन । कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन्। अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरे। विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका… पुरा पढौ

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ, २३ फागुन । राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् । उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिए। उनले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिए।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच… पुरा पढौ

इरान र रुसका राष्ट्रपति बीच आपसी सम्बन्ध र आर्थिक सहयोग बारे वार्ता

तेहरान, २३ फागुन । इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा फोनमा वार्ता भएको हो । उनीहरुका बीचमा सो अवसरमा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको थियो । इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइए अनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी… पुरा पढौ

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभारः राष्ट्रपति सी

बेइजिङ, २२ फागुन । चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चीनको १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरूसँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन् । पुरा पढौ

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

लन्डन, २२ फागुन। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताए। बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरे। सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्युजले उल्लेख गरे। "अवैध आप्रवासन बेलायती करदाताहरूका लागि उचित छैन, कानुनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहहरूलाई उनीहरूको अनैतिक गतिविधि जारी… पुरा पढौ

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल

लाहोर, पाकिस्तान, २१ फागुन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ । गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । खानमाथि आफ्नो कार्यकालमा प्राप्त उपहार वा त्यसलाई बेचेर कमाएको लाभको विवरण दिन नसकेको आरोप लागेको छ । सरकारी अधिकारीहरूले सबै उपहारहरू घोषणा गर्नुपर्दछ तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइन्छ । राजधानी इस्लामावादका प्रहरी अधिकारीहरू लाहोरस्थित पूर्वप्रधानमन्त्री खानको… पुरा पढौ

फिलिपिन्सका गभर्नरको हत्यामा संलग्न तीन जना पक्राउ

पाम्प्लोना, फिलिपिन्स, २१ फागुन । फिलिपिन्सका एक प्रान्तीय गभर्नर र अन्य आठ जनाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । अर्को संदिग्धको गोली हानाहानमा मृत्यु भएको छ । फिलिपिन्सको उखु खेती गर्ने केन्द्रमा भएको भीषण आक्रमणमा परी १७ जना घाइते भएका छन् । सैनिक पोशाक लगाएका कम्तीमा छ बन्दुकधारीले मध्य प्रान्त नेग्रोस ओरिएन्टलको पाम्प्लोना नगरपालिकाको गभर्नरको घरमा गोली चलाएको थियो । गभर्नर रोएल डेगामो फिलिपिन्सका स्थानीय राजनीतिज्ञहरूमाथि भएको आक्रमणको पछिल्लो शिकार बने। गिरफ्तार गरिएका तीन… पुरा पढौ

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

बेइजिङ, २१ फागुन । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमीव्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ । सन् १९७० पछि पहिलोपटक चीनको… पुरा पढौ

अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ लडाकू मारिए

काबुल, २१ फागुन । अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आइएस लडाकू मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् । शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा १ जना महिला पनि परेको बताइएको छ । प्रवक्ता इनसाफका अनुसार हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका… पुरा पढौ