अन्तर्राष्ट्रिय 🗺

गुगलले किन बन्द गर्यो साढे ७ हजार युट्‍युब च्यानल?

क्यालिफोर्निया , २१ फागुन । गुगलले चीन, रुस, इरान आदि देशहरुसँग सम्बन्धित साढे ७ हजारभन्दा बढी युट्युब च्यानल बन्द गरिदिएको छ । यी सबै च्यानलहरू कम्पनीले २०२३ को प्रारम्भिक महिनामा अर्थात् जनवरी र फेब्रुअरीमा ब्लक गरिदिएको हो । गुगलले एउटा ब्लग पोस्टमार्फत् यस प्रकारको जानकारी सार्वजनिक गरेको हो । साढे ७ हजारमध्ये चीनसँग सम्बद्ध ६ हजार २८५ युट्युब च्यानल बन्द गरिएको र ५२ ब्लगरको ब्लग ब्लक गरिएको बताइएको छ । गुगलले उक्च ब्लग पोस्टमा उसले नै कोर्डिनेटेड इन्फ्लूएन्स अपरेशन क्याम्पेन… पुरा पढौ

जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

वासिङ्टन, २० फागुन। रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ । संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ । “जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको… पुरा पढौ

न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

हङकङ, २० फागुन। न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । पुरा पढौ

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

बर्लिन, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा “मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध… पुरा पढौ

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नाजिबलाई सफाइ

क्वालालम्पुर, १९ फागुन । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ । राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलानले बताए। भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो । परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त… पुरा पढौ

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

एथेन्स, १९ फागुन । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन… पुरा पढौ

शरणार्थी शिविरमा झडप एकको मृत्यु, सात घाइते

बेरुत, १९ फागुन । दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ । हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पु¥याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ । पुरा पढौ

खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

सोल, १८ फागुन  । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो । कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिए । उनले सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न… पुरा पढौ

ग्रिसमा रेल दुर्घटनामा पन्ध को मृत्यु

एथेन्स, १७ फागुन । ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् । दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ । मध्य ग्रिसमा मङ्गलबार मध्य राति सो दुर्घटना भएको र थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ । पुरा पढौ

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ, १७ फागुन । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको… पुरा पढौ