अन्तर्राष्ट्रिय 🗺

अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

काबुल, २७ फागुन । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् "। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ… पुरा पढौ

उत्तरपश्चिम पाकिस्तानमा पाँचजना आतङ्ककारी मारिए

इस्लामाबाद, २७ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ। "अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्," सेनाको विज्ञप्तिमा भनिएको छ । मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ । पुरा पढौ

टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

संयुक्त राष्ट्रसङ्घ, २६ फागुन । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् । सिरियमा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ । सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको… पुरा पढौ

जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते

बर्लिन, २६ फागुन । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए । तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले… पुरा पढौ

दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

संयुक्त राष्ट्रसङ्घ, २५ फागुन । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् । उनले भने कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ । संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ… पुरा पढौ

कङ्गोमा द्वन्द्व कारण विस्थापित हुनेहरु बढ्दै

संयुक्त राष्ट्रसङ्घ, २५ फागुन । कङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थपित हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित भएका छन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कङ्गोको पूर्वी क्षेत्रमा केही समय यता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो… पुरा पढौ

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

किएभ, २५ फागुन । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताए। प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गरे। आक्रमणबाट भएको क्षति एवम् हताहतिबारे विवरण सङ्कलन भइरहेको उनले बताए। खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले… पुरा पढौ

युक्रेनका राष्ट्रपति र राष्ट्रसङ्घीय महासचिवबीच खाद्यान्न निर्यातसम्बन्धी छलफल

संयुक्त राष्ट्रसङ्घ, २५ फागुन । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ । उनीहरुका बीचमा किभमा भेटवार्ता भएको र त्यस क्रममा युक्रेन र रुसका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्न तथा आवश्यक मलखादहरुको निकासीको कामलाई रोक्न नहुने र यसले विश्वमा नै खाद्यान्न उत्पादनका क्षेत्रमा असर गर्ने बताइएको छ । यसअघि पनि ‘ब्ल्याक सि’ हुदै खाद्यान्न तथा मदखादको निकासी पैठारीका लागि… पुरा पढौ

राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घ, २४ फागुन । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिए । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहेको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए। सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको… पुरा पढौ

अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

लस एञ्जलस, २४ फागुन । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ… पुरा पढौ