अन्तर्राष्ट्रिय 🗺

इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य सङ्कट

गाजा, १३ मंसिर । इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ । सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ । यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ । गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म… पुरा पढौ

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

इस्लामावाद, १२ मङ्सिर । पाकिस्तानमा यहाँका बालबालिकाका लागि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको पाकिस्तान सरकारले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ । यस अभियानबाट कम्तीमा पनि एक करोड ३५ लाख बालबालिकालाई पोलियोका विरुद्धको खोप दिइने पनि पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पाकिस्तानका ३६ जिल्लाका पाँच वर्ष मुनिका एक करोड ३५ लाख बालबालिकालाई सो खोप दिइने जानकारी मन्त्रालयले दिएको छ । पाकिस्तानका खैबर पाक्थुन्क्वा र पञ्जाव प्रान्तका बालबालिकामा… पुरा पढौ

सोमालियाको होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशङ्का

मोगादिशु, १२ मंसिर । सोमालियाको एउटा होटलमा आतङ्ककारीहरुले हमला गरेका छन् । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ । उक्त होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतङ्ककारी समूहले आक्रमण गरेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ । स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक… पुरा पढौ

यही अवस्थामा हुने वार्ताले अमेरिकासँगको समस्या समाधान नहुने इरानका शीर्ष नेताको दावी

तेहरान, ११ मङ्सिर । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिकासँगको देशको समस्या तत्कालको वार्ताबाट समाधान नहुने बताएका छन् । इरानको बासिज स्वयम्सेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले तेहरान र विश्वशक्ति राष्ट्रबीच सन् २०१५ मा भएको आणविक सम्झौताको ढाँचाअन्तर्गत संयुक्त राज्य अमेरिकाले इरानको आणविक गतिविधिमा कटौती गरेको बदलामा प्रतिबन्ध हटाउन सहमत भएको थियो । उनले भने, “अमेरिकाले विश्व शक्तिराष्ट्रसहित इरानसँग गरेका प्रतिबद्धता त्यागेको छ । यस अवस्थामा वासिङ्टनसँग वार्ता निरर्थक छ भन्ने बुझ्न सकिन्छ ।” सन् २०१८ मा… पुरा पढौ

पार्टीले सबै विधानसभा छोड्ने, पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता : खान

इस्लामावाद, पाकिस्तान, ११ मङ्सिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गरेका छन् । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत भएका थिए। उनको दल अहिले प्रतिपक्षमा छ । उनले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आएका छन् । यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री… पुरा पढौ

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च विन्दुमा

कराँची, ११ मङ्सिर । ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र… पुरा पढौ

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

प्योङयाङ, ११ मंसिर । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन् । नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक… पुरा पढौ

किएभमा पिउने पानी र प्रकाशको अभाव, स्थानीय समस्यामा

किएभ, ९ मंसिर । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन… पुरा पढौ

चित्रकारको हत्यामा संलग्न उनान्चास जनालाई मृत्युदण्ड

अल्जियर्स, ९ मङ्सिर । अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो । अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रूरतापूर्वक हत्या गरेका थिए । एक जना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टक्राटुक्रा परी अन्तिममा जलाएका थिए । ती… पुरा पढौ

मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन राष्ट्रसङ्घको आग्रह

जेनेभा, ९ मङ्सिर । संयुक्त राष्ट्रसङ्घले भू–मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले युरोपेली देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिपो ग्रान्डीले युरोपेली युनियनलाई सो आग्रह गरे। युरोपेली युनियनलाई उनले युरोप जानका लागि भू–मध्य सागर पार गर्ने क्रममा आप्रवासी तथा युरोप छिर्ने मध्यपूर्वी तथा अन्य देशका आप्रवासीहरुलाई सुरक्षित मापदण्डहरु अपनाउन र आप्रवासीहरु प्रवेश गर्ने मार्गमा सुरक्षा प्रबन्ध गर्न आग्रह गरेकाे… पुरा पढौ