अन्तर्राष्ट्रिय 🗺

रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

मस्को, ७ मङसिर । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ । रुस भ्रमणमा रहनुभएका क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव मिगुल दियाज–क्यानेल बर्मुदिजले मङ्गलबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा भएको वार्तामा दुई देशले आपसको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको… पुरा पढौ

सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प

मालाङ्गो, सोलोमन टापु, ६ मङ्सिर । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपी हालसम्म कुनै हताहतको खबर आएको छैन । इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको… पुरा पढौ

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो

इन्डोनेसिया, ६ मंसिर । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ । सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १ हजार ८३ जना घाइते भएका र ५८ हजार ३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो । भूकम्पले २१ हजारभन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको… पुरा पढौ

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ बेपत्ता

जाकार्ता, ६ मङ्सिर । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ । सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो। भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ। भूकम्पपीडितको खोजी तथा… पुरा पढौ

चीनमा आगलागीमा परी ३६ को मृत्यु

चेनजाउ, ६ मङ्सिर । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन । आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन् । आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ । सोमबार राति ११ बजेतिर… पुरा पढौ

म्यानमारमा ६ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

म्यानमार, ६ मंसिर । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा ८ हजार २ सय ७ जनामा  कोरोना  परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९  प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार ४ सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार… पुरा पढौ

चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

मस्को, ५ मङ्सिर । चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत "श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२" को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले युचेङ, रुसका डिजिटल विकास, सञ्चार तथा आमसञ्चार उपमन्त्री बेला चेर्केसोवा र चीनका लागि रुसी राजदूत इगोर मोरगुलोभले एक समारोहका बीच भिडियो सन्देशहरू दिएका थिए। "चीन-रुस श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२" मा दुई देशका श्रव्य दृश्य कृतिहरू एकअर्काको भाषामा अनुवाद गरी एकअर्काको देशमा प्रसारण गरिनेछ। कार्यक्रममा चिनियाँ र रुसी युवा गायकहरूका… पुरा पढौ

इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

तेहरान, ५ मङ्सिर । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी शुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दे उल्लेख गरेको छ। कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन्। पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा… पुरा पढौ

सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

अफगानिस्तान, ४ मङ्सिर । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्। पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले पत्रकारहरूलाई बताएका छन् । त्यसको केही मिनेटपछि दुशी जिल्लाको सोही क्षेत्रमा अर्को यात्रुबाहक बस पल्टेर खाल्डोमा खस्दा आठ यात्रुको मृत्यु हुनाका साथै… पुरा पढौ

विमान दुर्घटनामा ४ जनाको मृत्यु

सान फ्रान्सिस्को, ४ मङ्सिर । संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् । सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो । स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र… पुरा पढौ