अन्तर्राष्ट्रिय 🗺

दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चासो

जुबा, ४ मङ्सिर । दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो । अपर नाइलको फासोदा जिल्लामा यहाँका सिलक सशस्त्र समूह र नुइर विद्रोही समूहका बीचमा केही दिन यतादेखि हिंसा सुरु भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले सो हिंसाका कारण यस क्षेत्रको वरपरका नगरहरुमा पनि असर गरेको त्यहाँका नागरिकहरु घर छोडेर भाग्ने क्रम बढ्दै गएकाले सो हिंसा… पुरा पढौ

बैंकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सकियो

बैंकक , ४ मङ्सिर । सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रबर्द्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृत्वपङ्तिले यो वर्ष एशिया– प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको… पुरा पढौ

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकारः संयुक्त राष्ट्रसंघ

प्रिटोरिया, ३ मङ्सिर । दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडिमात्र जारी गरिएको हो। प्रतिवेदनका अनुसार करिब… पुरा पढौ

शीर्ष रिपब्लिकनहरूको भेलालाई ट्रम्पले सम्बोधन गर्ने

लास भेगास, ३ मङ्सिर । सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहन्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्ने भएका छन् । पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लस भेगासमा शुक्रबार शुरु भएको रिपब्लिकन यहूदी गठबन्धनको वार्षिक नेतृत्व बैठकको अतिथि सूचीमा ढिलो थपिएको थियो। ट्रम्प शनिबार भिडियो मार्फत शीर्ष वक्ताहरूको सूचीमा सामेल हुनेछन् जसमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्व उपराष्ट्रपति माइक पेन्स र पूर्वमन्त्री… पुरा पढौ

प्रणालीगत नस्लवादले स्वास्थ्य र वित्तीय असमानता निम्त्याउँछ: सर्वेक्षण

वासिङ्टन, ३ मङ्सिर । करिब ८० प्रतिशत अश्वेत वा अफ्रिकी अमेरिकीहरू स्वास्थ्य र वित्तजस्ता क्षेत्रमा असमानताका लागि प्रणालीगत नस्लवाद जिम्मेवार रहेको बताँछन् । देशको विभिन्न भागमा गरिएको र पूर्णरूपले वा केही हदसम्म सहमत भएको सर्वेक्षणले यो नजिता देखाएको छ । सर्वेक्षणले जातीय र जातीय समूहहरू बीच नस्लवाद सम्बन्धी विचारहरूमा स्पष्ट भिन्नता प्रकट गरेको छ। उदाहरणका लागि ४७ प्रतिशत गोरा उत्तरदाताहरू अमेरिकामा प्रणालीगत नस्लवाद कामय छ भन्ने कुरामा विश्वस्त छैनन् जबकि ८० प्रतिशत भन्दा बढी काला वा अफ्रिकी उत्तरदाताहरू भने सो… पुरा पढौ

एशिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

बैङ्कक, २ मङ्सिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए। २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भने, “एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि हो । बितेका दशकहरूमा, यस क्षेत्रमा बलियो आर्थिक सहयोगले ‘एशिया–प्रशान्त चमत्कार’ सिर्जना गरेको छ जुसको विश्वभर प्रशंसा… पुरा पढौ

फ्रान्सले एसिया-प्रशान्त क्षेत्रमा ‘मुठभेड’ नहोस् भन्ने चाहन्छ : म्याक्रोँ

बैंकक, २ कात्तिक । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले एसिया–प्रशान्त क्षेत्रसँग फ्रान्सको सम्लग्नताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै ‘मुठभेड’ को स्थिति अन्त्य गर्न आग्रह गरेका छन् । अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै यस क्षेत्रका लागि फ्रान्सको रणनीतिक सम्बन्ध पुनः सुरु गर्न चाहेको बैंककमा आयोजित एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को २१ सदस्यीय शिखर सम्मेलनमा भाग लिने क्रममा म्याक्रोँले बताए। फ्रान्सेली राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनका क्रममा व्यापारिक नेताहरूको एक भेलालाई सम्बोधन गर्दै भने, “फ्रान्सले यस क्षेत्रमा स्थिरताका लागि भूमिका खेल्न चाहेको… पुरा पढौ

इबोला नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक

कम्पाला, २ मङ्सिर । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग… पुरा पढौ

दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

इस्लामावाद, २ मङ्सिर । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए । बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो… पुरा पढौ

नाइजेरियाली सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए

अबुजा, २ मङ्सिर । नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ । गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ । यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू… पुरा पढौ