अन्तर्राष्ट्रिय 🗺

चिनियाँ राष्ट्रपति सीद्वारा बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यलाई बधाइ

बेइजिङ, २ मङ्सिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यको रूपमा जेल्ज्का सिभिजानोभिक, जेल्ज्को कोम्सिक र डेनिस बेसिरोभिकलाई बधाइ ज्ञापन गरेका छन् । आफ्नो सन्देशमा राष्ट्रपति सीले हालैका वर्षहरूमा चीन र बोस्निया र हर्जेगोभिनाको बीचको सम्बन्ध ठोस तरिकाले राजनीतिक एवं पारस्परिक विश्वासका साथ अगाडि बढेको र विभिन्न क्षेत्रमा फलदायी रहेको बताएका छन्। उनले साथै सम्बन्ध व्यावहारिक ढङ्गले नै विकसित भएको उल्लेख गरे। राष्ट्रपति सीले चीन र बोस्निया र हर्जेगोभिना बीचको सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको… पुरा पढौ

चोरीको अभियोगमा चिनियाँ गुप्तचरलाई अमेरिकामा २० वर्ष जेल

न्यूयोर्क, १ मंसिर । अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ । विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित ५ वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो । सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित… पुरा पढौ

आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज शरीफ

इस्लामाबाद, पाकिस्तान, १ मङ्सिर । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन् । “हामी कुनै गल्ती नगरौं । आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,” सरिफले ट्वीटरमा लेखेका छन् । पाकिस्तानको खैबर… पुरा पढौ

कार र ग्यासका कारण अक्टूबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

वासिङ्टन, १ मङ्सिर । अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि बिक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ । दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटकपटक बढाएको छ । विश्वको सबैभन्दा… पुरा पढौ

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

दुबई, ३० कात्तिक । इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई… पुरा पढौ

भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

नयाँ दिल्ली, संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवर्द्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ । अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका… पुरा पढौ

संयुक्त राष्ट्रसंघद्वारा जलवायु बहसको मस्यौदा प्रकाशित

शर्म अल-शेख, ३० कात्तिक । संयुक्त राष्ट्रसंघले सोमबार जारी संयुक्त राष्ट्र जलवायुको सबैभन्दा चर्चित विषयहरू मध्ये एक "नोक्सान र क्षति" मुद्दालाई सम्बोधन गर्ने उद्देश्यका साथ एक मस्यौदाको पाठ प्रकाशित गरेको छ। संयुक्त राष्ट्रसंघको मस्यौदाको पाठ संयुक्त राष्ट्रसंघ फ्रेमवर्क कन्भमा पार्टीहरूको सम्मेलन ( कोप-२७) को जारी २७ औं सत्रमा नोक्सान र क्षतिलाई सम्बोधन गर्न कोषको व्यवस्था सम्बन्धी विषयहरूमा केन्द्रित छ। संयुक्त राष्ट्रसंघ जलवायु वार्तामा "हानी र क्षति" शब्दले जलवायु परिवर्तनका प्रभावहरू, जस्तै बढ्दो समुद्री सतह वा चरम ताप छालहरूका कारण सृजित… पुरा पढौ

चिनियाँ राष्ट्रपति र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

बाली, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार बिहान फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गरेका छन् । विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ । यसै कारण चीन–फ्रान्स सम्बन्धले विकासको सकारात्मक गतिलाई कायम राखेको छ । यी दुई नेताले देशले महत्वपूर्ण सहयोगमा सकारात्मक प्रगति गरेको कुरा औंल्याए। हाल विश्व अशान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै सीले बहुध्रुवीय विश्वका दुई महत्वपूर्ण शक्ति चीन र फ्रान्स, चीन र ईयूले स्वतन्त्रता र स्वायत्तताका साथै… पुरा पढौ

१० हजारभन्दा बढी कर्मचारी हटाउँदै अमेजन

वाशिङ्टन, २९ कात्तिक । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीले अमेजनले यो हप्ता १० हजारभन्दा बढी कर्मचारी हटाउने भएको छ । हालै न्यूयोर्क टाइम्समा छापिएको नयाँ रिपोर्ट अनुसार अमेजनको यो कदम केही समयअघि ट्विटर र मेटाले खर्च व्यवस्थापनका लागि अपनाएको तरिका जस्तै हुनेछ । गत हप्ता फेसबुकको मूल कम्पनी मेटाले ११ हजार कर्मचारीहरूलाई हटाउने घोषणा गरेको थियो । नाफा घट्न थालेपछि यस्ता बहुराष्ट्रिय कम्पनीहरुले खर्च व्यवस्थापनका लागि विश्वव्यापी रुपमा कर्मचारी कटौती गर्ने गरेका छन् । रिपोर्ट अनुसारले अमेजनले एलेक्साको कटौतीमा सञ्चालित उत्पादनहरू… पुरा पढौ

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

जेरूसलेम, २९ कात्तिक । इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ । उमायद खलीफा राजवंशको मुसलमान शासनकाल सातौँ शताव्दीदेखि १३ औँ शताव्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तराद्र्धमा निर्मित खेलौनामाथि देशका केही भागमा त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो । मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका… पुरा पढौ