अन्तर्राष्ट्रिय 🗺

सोमालियामा जनवरीयता छ सयभन्दा बढी सर्वसाधारणको हत्या

मोगादिसु, २९ कात्तिक । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिए । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको छ । यहाँका नागरिकको मानव अधिकारको हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था… पुरा पढौ

विश्वव्यापी चुनौती सामनाका लागि ऐक्यबद्ध हुन अपिल

इण्डोनेसिया, २९ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् । इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जी२०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई उक्त अपिल गरेका हुन् । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले… पुरा पढौ

रुससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसङ्घ प्रमुख

नुसा दुआ, २८ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । इन्डोनेसियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन हामीले तत्काल कदम चाल्नु आवश्यक छ । ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक छ… पुरा पढौ

जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा

बाली, इन्डोनेसिया, २८ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङ जी२० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुगेका छन् । जी२० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ । यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ । पुरा पढौ

चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घीय महासचिवबीच भेटवार्ता

नोम् पेन्ह, २८ कात्तिक । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिए। तेस्रो विश्वका देशहरुलाई ऋण… पुरा पढौ

‘इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ’

टर्की, २८ कात्तिक । टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । टर्कीका राष्ट्रपति रिचेप तैयप एर्डोगानले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले यो कार्य आतङ्ककारीहरुबाट भएको र यो आतङ्ककारी कार्य भएको बताए । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, 'अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।' उनले जी२० को सम्मेलनमा… पुरा पढौ

क्रस–च्यानल पार गरी बेलायत प्रवेश गर्नेहरु ४० हजार बढी

लण्डन, २८ कात्तिक । सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ । यस वर्ष प्रवेश गर्ने कूल आप्रबासीको सङ्ख्या ४०,८८५ रहेको छ, जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी रहेका छन् । यो सङ्ख्या गत वर्षभन्दा करिब १२ हजार बढी हो । गत बर्ष च्यानल पार गरेर बेलायत पुग्ने आप्रबासीको सङ्ख्या २८ हजार ५६१ भन्दा बढी रहेको रक्षा मन्त्रालयले जनाएको छ । शनिबार मात्रै २२ वटा डुङ्गामा करिब… पुरा पढौ

अमेरिकी राष्ट्रपति एशियाली सहयोगीहरूसँग वार्तामा व्यस्त

नोमपेन, २७ कात्तिक । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका अमेरिकी राष्ट्रपति जो वाइडेनले जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिणकोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका छन् । हालैका हप्तामा उत्तरकोरियाले एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रसहित शृङ्खलाबद्धरूपमा लामो तथा छोटो दूरीमा प्रहार गर्ने क्षमतायुक्त क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा त्रासको वातावरण सृजना गरेपछि प्योङयाङलाई कसरी आणविक हतियार विकासमा रोक्ने भन्नेबारेमा छलफल भएको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव तथा जापान र गणतन्त्र कोरियासँगको अमेरिकाको सहयोगात्मक… पुरा पढौ

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति एर्डाेगान

अंकारा, २७ कात्तिक । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डाेगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताए। टर्कीस् राष्ट्रपति एर्डाेगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाएको समाचारमा जनाइएको छ । उज्बेकिस्तानबाट टर्की आउने क्रममा उनले सम्वाददाताहरुसँग यस्तो कुरा बताए। टर्कीस् राष्ट्रपति एर्डाेगानले टर्कीले रुस र युक्रेनका… पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

बेरुत, २७ कार्तिक । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौं मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि ६ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको… पुरा पढौ